कल्याण शेरचन स्मृति प्रतिष्ठानको सातौं वार्षिक साधारणसभा तथा चौंथो अधिवेशनले क्याप्टेन पूर्णबहादुर Þह्योल्मोको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ। उनी यसअघि पनि अध्यक्ष थिए ।
कार्यसमिति प्रथम उपाध्यक्षमा ज्ञानबहादुर थापा, द्वितीय उपाध्यक्षमा श्रीजंग गुरुङ, सचिवमा जीवन दाहाल, सहसचिवमा प्रेम अधिकारी, कोषाध्यक्षमा प्रदीप गौचन, सहकोषाध्यक्षमा कमल गुरुङ सर्वसम्मत चयन भए ।
सदस्यमा तेज केसी, ईश्वरी राना, धर्मा गुरुङ, बुद्धिसागर खनाल, सीता दुरा र लक्ष्मी नेपाल चयन भए । रिक्त २ सदस्य पछि थप गरिनेछ ।
अध्यक्षमा क्या. Þयोल्मोले कल्याण शेरचन स्मृति प्रतिष्ठानलाई थप क्रियाशील एवं सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरे ।
नवनिर्वाचित कार्यसमितिलाई निर्वाचन समिति संयोजक वरिष्ठ लोकगायिका हरिदेवी कोइरालाले शपथ ग्रहण गराएकी थिइन् ।
यसअघि साधारणसभा उद्घाटन गर्दै प्रमुख अतिथि साहित्यकार सरुभक्तले नेपालमा संस्कृतिसम्बन्धी ठोस नीति नभएको गुनासो गरे। कल्याण शेरचन जस्ता स्रष्टाको योगदान संघसंस्था र आफन्तहरुले गरिरहेका छन्, सरकारको ध्यानै नभएको आरोप लगाए ।
कार्यक्रममा कल्याण शेरचन स्मृति प्रतिष्ठानका संरक्षक वरिष्ठ संस्कृतिकर्मी चेतन कार्की, वरिष्ठ लोकगायिका हरिदेवी कोइराला, आजीवन सदस्य गणेश भट्टराई लगायतले शुभकामना व्यक्त गरेका थिए ।
यस्तै, प्रतिष्ठान सचिव श्रीजंग गुरुङले प्रस्तुत गरेको वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष प्रदीप गौचनले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन पारित गरिएको थियो।
प्रतिष्ठानका अध्यक्ष क्या.पूर्णबहादुर ह्योल्मोले अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष ज्ञानबहादुर थापा र संचालन सचिव श्रीजंग गुरुङले गरेका थिए।