बिपी संग्रहालयमा किसुनजीको सालिक

बन्दीगृह बिपी सङ्ग्रहालयमा परिणत भएपछि हालसम्म ६ जना नेताको सालिक अनावरण गरिएको छ । बिपी, गणेशमान र किसुनजीको पूर्णकद, नेता रामनारायण मिश्र, दिवानसिंह राई र योगेन्द्रमान शेरचनको अर्धकदको सालिक अनावरण भएको हो ।

किसुनजीको ९५ औँ जन्मजयन्तीका अवसरमा शनिबार सङ्ग्रहालय समितिले आयोजना गरेको कार्यक्रममा नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले भट्टराईको सालिक अनावरण गर्दै पार्टीलाई पहिलेकै अवस्था पु¥याउने प्रतिबद्धता गरे ।

“बिपीलगायत नेतालाई १० वर्षभन्दा बढी समय थुनिएको स्थानमा आएर बोलेका कुरा कार्यान्वयन गर्छु, आन्तरिक समस्या समाधान गरी सबै नेतालाई सम्मानको वातावरण बनाउँछु”, उनले भने ।

विसं २०१७ पुस १ गतेको शाही कदमपछि सुन्दरीजल बन्दीगृहमा थुनिएका सन्त नेता कृष्णप्रसाद भट्टराईको पूर्णकदको सालिक अनावरण गरिएको छ ।