समाचार

दुई महिने छोरीको विष खुवाएर हत्या

प्रकाश पादेभ (२८) र जयश्री पादेभ (२१) का प्रान्जल नामकी दुई वर्षे छोरी पहिले नै थिइन् र दुई महिनाअघि जयश्रीले कान्छी छोरीलाई जन्म दिइन् । कान्छो सन्तान पनि छोरी नै जन्मिएपछि यो जोडी तनावमा थियो त्यसकारण महाराष्ट्रको कोहलपुर जिल्लाका यो जोडीले दुई महिने छोरीको विष खुवाएर हत्या गरे । कारण ? उनीहरुलाई कान्छी छोरी चाहिएको थिएन । गत अक्टोबर चार तारिखमा छोरी अत्यधिक रोएपछि जोडीले बालिकालाई अस्पताल पनि पुर्याए तर… पुरा पढौ

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल समय अघि नै बन्दै

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम तीव्र गतिमा अघि बढेको छ। धावनमार्गमा कालोपत्रे सहितका अन्य संरचनाको निर्माणलाई तीव्र पारिएको हो। हालसम्म विमानस्थलको ५८ प्रतिशत काम सम्पन्न भइसकेको आयोजनाले जनाएको छ। विमानस्थलको महत्वपूर्ण पक्ष धावनमार्गको पहिलो तहमा कालोपत्रे भइरहेको छ। चार तहपछि धावनमार्ग तयार हुन्छ। एउटा तह सम्पन्न गर्नका लागि १५ देखि १८ दिन लाग्छ। अन्य तहभन्दा पहिलो तहको काम गाह्रो हुन्छ। आयोजनाका अनुसार धावनमार्गको पहिलो तहको ५० प्रतिशत (१५ सय मिटर)… पुरा पढौ

चाउमिन खाँदा मृत्यु भयो दुई बालकको

कञ्चनपुरको कृष्णपुर नगरपालिका– ३ आमघाटका एकै घरका दुई बालकको चाउमिन खाँदा आज मृत्यु भएको छ । मृत्यु हुनेमा १२ वर्षीय धनबहादुर सुनार र आठ वर्षीय टेक सुनार रहेका छन् । दुवै जना सदोहर दाजुभाइ हुन् । बेलौरीमा रहेको मामाघरमा विवाहमा सहभागी हुन आमा विमला देवी सुनारसँगै जाने क्रममा घरबाटै जेठी आमा सीता देवी सुनारले पकाएर दिएको चाउमिन बाटोमा खाँदा दुवै जनाले बान्ता गर्न थालेपछि बेलौरीमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका… पुरा पढौ

पोखरा महानगरको वडा कार्यालयमा चोरी

पोखरा महानगरपालिकाको वडा कार्यालयमा चोरी भएको छ । १४ नम्बर वडा कार्यालयमा शनिबार चोरी भएको हो । मझेरी पाटनमा रहेको वडा कार्यालयबाट २ थान ब्रान्डेड कम्प्युटर चोरी भएको छ । चोरी भएको सामानको मूल्य करिब १ लाख ५० हजार रुपैयाँ बराबर रहेको वडा कार्यालयका सचिव अर्जुन पौडेलले जानकारी दिए । शनिबार कार्यालय बन्द रहेको मौका पारी चोरी भएको बताइएको छ । चोरले कार्यालयको ढोकामा लगाएको ताला फोडी उक्त सामानहरु लिएर… पुरा पढौ

घुस लिने कर्मचारी बढेपछि अख्तियार हिरासत ‘हाउसफुल’

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय टंगालमा आफ्नै हिरासत कक्ष छ । यसको क्षमता छ –१८ जनाको । घुस लिने कर्मचारी बढेपछि यो ‘हाउसफुल’ छ । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ । यहाँ अहिले ३३ जना छन् । विगतको तुलनामा यो संख्या अत्याधिक हो । पछिल्लो समय ‘स्ट्रिङ अपरेसन’ लाई तीव्रता दिएका कारण हिरासत भरिएको अख्तियारको भनाइ छ । पुरा पढौ

राष्ट्रपतिलाई डेढ अर्ब खर्च गरेर हेलिकप्टर खरिद

सरकारले १ अर्ब ५० करोड रुपैयाँभन्दा बढी रकम खर्चेर राष्ट्रपति विद्यादेवी भण्डारीका लागि हेलिकप्टर खरिद गरेको छ । यो समाचार आजको कारोबार दैनिकमा छ ।मन्त्रिपरिषद् बैठकबाट स्वीकृकत गराएर नेपाली सेनाले राष्ट्रपतिका लागि मात्रै प्रयोग हुने गरी करिब डेढ अर्ब रुपैयाँमा इटालीमा निर्मित १४ सीट क्षमताको ‘अगुस्टा–वेस्टल्याण्ड–एडब्लू–१३९’ हेलिकप्टर खरिद गरेको हो । सेरेमोनियल राष्ट्रपति क्रमशः सुविधाभोगी बन्दै गएको आरोप लागिरहेका बेला सरकारले उनलाई थप विवादमा तान्नेगरी २४ सै घण्टा स्टयाण्डबाइ रहनेगरी… पुरा पढौ

पोखरा ५ का ८ उद्यमी किसान पुरस्कृत

पोखरा महानगरपालिका वडा नं. ५ द्वारा मालेपाटनका ८ कृषक उद्यमी आर्थिक एवं सम्मानपत्र हित पुरस्कृत भएका छन् । महानगरका उपमेयर मञ्जुरदेवी गुरुङले पोखरा ५ कृषि क्षेत्रमा उल्लेख्य योगदान गर्ने क्षेत्र भएको र कृषक उद्यमीहरुलाई पुरस्कृत गर्ने कार्यले महत्वपूर्ण तथा कृषक उद्यमीहरुलाई प्रेरित गर्ने विश्वास व्यक्त गरिन् । वडाध्यक्ष धनबहादुर नेपालीले निश्चित मापदण्डका आधारमा पुरस्कृत हुन सफल कृषक तथा उद्यमीलाई बधाई दिंदै कृषि अर्थतन्त्र बलियो बनाउने मुख्य आधार भएको बताए ।… पुरा पढौ

जागरण अभियान नेपालमा शंकरमणि त्रिपाठी

जागरण अभियान नेपालको तेस्रो साधारणसभा तथा विशेष अविधेशनले शंकरमणि त्रिपाठीको अध्यक्षतामा ९ सदस्यीय कार्य समिति सर्वसम्मत चयन गरेको छ । उपाध्यक्षमा सृजना सापकोटा, महासचिवमा नारायणप्रसाद भण्डारी, सचिवमा मोतीसागर अधिकारी, कोषाध्यक्षमा ओमकुमारी आचार्य त्रिपाठी चयन भएका छन् । सदस्यमा किरण रेग्मी, सृजना त्रिपाठी, कपिलदेव शर्मा र चिदानन्द त्रिपाठी छन् । कार्यक्रममा गैरसरकारी संस्था महासंघ महासचिव रामप्रसाद सुवेदीले आफनो संस्कृतिको अधिकार जोगाउनुपर्नेमा जोड दिए । कार्यक्रममा हिन्दू महासंघ कास्की अध्यक्ष शंकर खराल,… पुरा पढौ

पोखरा महानगरका ग्रिनका एक साथ ४ शाखा

ग्रिन डेभलपमेन्ट बैंक लिमिटेडले यही मंसिर २८ गते शुक्रबार एकै दिन ४ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । पोखरा महानगरपालिकाभित्र बागलुङ बसपार्क, बुद्धचोक, तालचोक र बागमारामा बैंकले शाखा विस्तार गरेको हो । बागलुङमा केन्द्रीय कार्यालय रहेको क्षेत्रीय स्तरको यस बैंकले आफ्नो कार्य क्षेत्र भित्रका विभिन्न स्थानमा शाखा स्थापना गरी सेवा उपलब्ध गराइरहेको छ । अब बैंकका शाखा संख्या ८ पुगेका छन् । थप ३ वटा शाखा छिट्टै खोलिने बैंकका प्रमुख… पुरा पढौ

प्रदेश ३ का जिल्ला अस्पतालमा अध्यक्ष नियुक्त

प्रदेश नं ३ सरकारले प्रदेश मातहतका ९ जिल्ला अस्पतालमा अध्यक्ष नियुक्ति गरेको छ । कात्तिक ३० को मन्त्रिपरिषद् बैठकले अस्पताल विकास समिति गठन आदेश स्वीकृत गरेको थियो । मन्त्रिपरिषद्को निर्णयपछि सामाजिक विकास मन्त्रालयलाई अध्यक्ष नियुक्तिको बाटो खुलेको हो । सामाजिक विकास मन्त्रालयका अनुसार मकवानपुरको हेटौँडा अस्पताल विकास समितिको अध्यक्षमा डेगराज (प्रकाश) पौडेल, चितवनको भरतपुर अस्पतालमा खिमलाल भण्डारी, धादिङ अस्पतालमा महेन्द्र धमला, नुवाकोटको त्रिशूली अस्पतालमा अर्जुनप्रसाद न्यौपाने, रसुवा अस्पतालमा रामशरण कुँइकेल… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं