पूर्वगभर्नर विरुद्ध ९१ लाखको भ्रष्टाचार मुद्दा

पोलिमर नोट काण्डमा पूर्वगभर्नर विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वगभर्नर तिलक रावल विरुद्ध ९१ लाखको भ्रष्टाचार गरेको ठहर गर्दै विषेश अदालतमा मुद्दा दायर गरेको हो।

पूर्वगभर्नरसहित तीन जनाविरुद्ध आयोगले मुद्दा दायर गरेको हो। पूर्व गभर्नर रावलसहित राष्ट्र बैंकका तत्कालीन नोट विभाग प्रमुख उपेन्द्रकेशरी पौडेल र स्थानीय प्रतिनिधि मे फ्लावर लिमिटेडका हिमालयबहादुर पाँडेविरुद्ध कुल २ करोड ७३ लाख रुपैयाँ बिगो कायम गरेर विशेष अदालतमा मुद्दा दायर गरेको हो।