समाचार

मान्छेको मुटु भेटियो उडिरहेको जहाजमा

सियाटलबाट डालासका लागि उडेको एक अमेरिकी विमानमा मानिसको मुटु छुटेको थाहा पाएपछि पुनः उडेकै ठाउँमा फर्किएको छ । साउथवेष्ट एयरलाइन्सका अनुसार मानिसको मुटु सियाटलबाट क्यालिफोर्नियाका लागि ल्याइएको थियो । त्यो मुटु क्यालिफोर्नियाको अस्पतालमा भविष्यमा भल्भ रिकभरीका लागि बिरामीमा प्रत्यारोपण गर्ने तयारी थियो । तर त्यो मुटु क्यालिफोर्नियामा विमान अवतरण हुँदा निकालिएन । त्यसपछि जहाज डालासका लागि उडेको थियो । आधा दूरी पुगेपछि बल्ल जहाजमा मुटु रहेको थाहा भएको थियो ।… पुरा पढौ

एक वर्षमा ८८गगनचुम्बी भवन बनाउने चीन

 चीनले एक वर्षमा २०० मिटर उचाईका ८८ वटा गगनचुम्बी बनाएर संसारमै धेरै गगनचुम्बी बनाउने देशमा पहिलो देश बनेको छ । निर्माण क्षेत्रबारे जानकारी राख्ने कम्पनी काउन्सिल अफ टल बिल्डिङ्स एण्ड अर्बन हेबिटेटका अनुसार अग्ला भवन निर्माणमा यो आंकडा ऐतिहासिक हो । कहाँ र कहिले बने गगनचुम्बी भवन ?  १. अर्बन ह्याबिटेटको अनुसार विश्वभरी १४३ गगनचुम्बी भवन बनेका छन् । जसमा २०१७ मा मात्रै १४७ वटा अग्ला भवन बने । भने… पुरा पढौ

नेपाल स्पोर्टस क्लबले भारतीय खेलाडी भित्रयाए

पुषको १ गतेदेखि शुरु हुने राष्ट्रिय वाणिज्य बैंकको मुख्य प्रायोजनमा चौथो आर बि.बी एनभिए राष्ट्रिय पुरुष क्लब लिग भलिबल प्रतियोगिताको मिति नजिकिदैं गर्दा दुई क्लबले भारतीय खेलाडीलाई अनुबन्धन गरेका छन् । प्रतियोगितामा सहभगि हेल्प नेपाल स्पोर्टस क्लब काठमाडौं र नयाँबजार स्पोर्टस क्लब काठमाडौंले ३-३ जना भारतीय खेलाडीलाई अनुबन्धन गरेको प्रतियोगिताका संयोजक एवं नेपाल भलिबल संघका केन्द्रीय सदस्य राजकुमार गुरुङले जानकारी दिए । ‘खेलाडी अनुबन्धन गरिसकेका छन् ।’ उनले भने ।… पुरा पढौ

सांसद टेकबहादुर घर्तीमगरको निधन

गण्डकी प्रदेशका सांसद टेकबहादुर घर्तीमगरको नयाँ दिल्लीस्थित अपोलो अस्पतालमा निधन भएको छ । सांसद घर्तीमगरलाई गत मंगलबार उपचारार्थ भारतको राजधानी नयाँ दिल्लीस्थित अपोलो अस्पतालमा भर्ना गरिएको थियो । एयर एम्बुलेन्सबाट अपोलो अस्पताल पुराएर सांसद घर्तीमगरलाई अस्पतालको लिभर आइसीयुमा भर्ना गरिएको थियो । गएराति करीव १ बजे अस्पतालका डाक्टरहरुले उनको मृत्यु भएको घोषणा गरेको घर्तीमगरकी श्रीमती सुनमाया घर्तीले जानकारी दिइन् । प्रदेश सांसद घर्तीमगरको १७ दिनसम्म काठमाडौंस्थित ग्राण्डी अस्पतालको आइसीयुमा उपचार… पुरा पढौ

लोकसेवाले माग्यो सहसचिवसम्मका ३ सय कर्मचारी

 लोकसेवा आयोगले बिभिन्न समूहमा गरेर झण्डै ३ सयको हाराहारीमा कर्मचारीको माग विज्ञापन खुलाएको छ ।आयोगले व्यवस्थापिका संसद्, लेखा परीक्षण र न्याय सेवाका लागि अधिकृत, उपसचिव र सहसचिव पदमा खुला र समावेशी दुबैमा २ सय ९६ कर्मचारीका लागि विज्ञापन आह्वान गरेको हो । आयोगले ३ वटै समूहमा अधिकृत, उपसचिव र सहसचिव पदसम्मका कर्मचारीको लागि विज्ञापन आह्वान गरेको हो । आयोगले आह्वान गरेको विज्ञापनमा खुलातर्फ १४२ जना रहेको छ । जसमा न्यायमा… पुरा पढौ

गणतान्त्रिक ‘छैरो–चिमाङ’ मा वडाकार्यालय भवन

सडक संञ्जालको पहुच नपुगेको घरपझोङ गाउपालिका वडानम्बर १ छैरो–चिमाङको नवनिर्मित वडाकार्यालय भवनको बिहिबार एक समारोहकाबीच उद््घाटन भएको छ ।गाउपालिकाले उपलब्ध गराएको क्रमागत बजेट ५५ लाख र स्थानीय जनश्रमदासहित ७ कोठे पक्की वडाकार्यालय भवनको निर्माण भएको हो । गाउपालिकाका अध्यक्ष आशबहादुर थकालीले वडाकार्यालय भवनको उद््घाटन गरे ।त्यस्तै,मुस्ताङका प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले नवनिर्मित वडाकार्यालय भवनको ब्यानर बाचन पढेर सुनाए । कार्यक्रममा बोल्दै अध्यक्ष आशबहादुर थकालीले वडाकार्यालय भवनको उद््घाटन संगै स्थानीयतहले प्रदान… पुरा पढौ

पोखरामा गोल्ड स्टार जुत्ताको शो–रुम

गोल्ड स्टार जुत्ताको आधिकारिक शोरुम पोखरामा खुलेको छ । पुरानो पुस्तादेखि लोकप्रिय ब्राण्ड गोल्ड स्टार जुत्ताको आधिकारीक सोरुम पोखरामा संचालनमा आएको हो । यो शोरुम नेपालको २५ औं शाखा र गण्डकी प्रदेशको पहिलो शाखा हो । अनौपचारिक रुपमा सञ्चालनमा आइसकेको उक्त शोरुमको आउँदो पुष २ गते नेपाली चलचित्रका नायक सलोन बस्नेत र नायिका वर्षा राउतले संयुक्त रुपमा उद्घाटन गर्ने विहीबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो । पोखरा क्षेत्रमा… पुरा पढौ

थप भत्ता र पुरस्कार विद्युत प्राधिकरणका कर्मचारीलाई

नेपाल विद्युत प्राधिकरणका कर्मचारीहरुले अब खाईपाई आएको भन्दा थप अतिरिक्त सुविधा पाउने भएको छन् । नेपाल विद्युत् प्राधिकरणले विद्युत् चुहावट नियन्त्रण तथा बक्यौता असुलीमा तोकिएको लक्ष्य पूरा गर्ने कार्यालयका प्रमुखलाई थप भत्तासहितको प्रोत्साहन गर्ने नीति अगाडि सारेको छ ।  प्राधिकरणले विद्युत् माग बढाउन, चुहावट नियन्त्रण गर्न र बाँकी बक्यौता भए असुली गर्न देशव्यापी रुपमा नै कार्य सम्पादन करार सम्झौता शुरु गरेको छ । सोही सम्झौताअनुसार चुहावट नियन्त्रण र बक्यौता असुलीमा… पुरा पढौ

गाँजा बोकेर कतार उड्ने क्रममा :युवा विमानस्थलबाट पक्राउ

 कतार उड्न लागेका एकजना युवालाई प्रहरीले त्रिभुवन विमानस्थलबाट पक्राउ गरेको छ । मंगलबार राती गाँजासहित कतार उड्न लागेका उनलाई प्रहरीले विमानस्थलबाटै प्रक्राउ गरेको हो । उनी नेपाल एयरलाइन्सको उडानबाट कतारको दोहा उड्न लागेका थिए । प्रक्राउ पर्नेमा मोरङको वलिगामा–४ बस्ने ३२ वर्षीय मानसिंह सरदार थारु रहेको र उनको साथबाट एक हजार २ सय ग्राम गाँजा रहेको प्रहरीले जनाएको छ । विमानस्थलको प्रस्थान कक्षस्थित एक्सरेमा जाँच गर्ने क्रममा उक्त परिमाणका गाँजा… पुरा पढौ

चिसोको कारण अस्पतालमा बिरामीको संख्यामा बृद्दि

मौसमी फ्लुका कारण भाइरस चिसो मौसममा बढी मात्रामा सक्रिय हुने भएकाले अस्पतालमा बिरामीको संख्या बढ्दै गएको छ । वीर अस्पतालमा मात्रै चिसोका कारण दैनिक ३ सय बढी बिरामी पुग्ने गरेका छन् । चिसो बढेसँगै देशभरका अस्पतालमा दैनिकजसो बिरामीको चाप बढ्दै गएको छ । रुघाखोकी, इन्फ्लुएन्जा संक्रमण, भाइरल ज्वरोका बिरामीको चाप अस्पतालमा दिन प्रतिदिन बढ्दै गएको हो । साधारणतया चिसो मौसममा रुघाखोकी, ज्वरो, इन्फ्लुएन्जाका बिरामी ४० प्रतिशतले बढ्ने अस्पतालको तथ्यांक छ ।… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं