भेट्टाएको नागरिकताबाट ६८ करोड राजस्व छली

बाटोमा भेट्टाएको नागरिकताबाट एक व्यक्तिले ६८ करोड रुपैयाँ ठगी गरेका छन् । 

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआईबीले ठगीमा संलग्न बिजय नारायण श्रेष्ठलगायत चार जनालाई पक्राउ गरी अनुसन्धान थालेको छ । 

बाटोमा भेट्टाएको नागरिकताबाट कम्पनी दर्ता गरी उनीहरुले ६८ करोड राजस्व छली गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । प्रहरीका अनुसार उनीहरुले सो कम्पनी मार्फत दुई अर्ब ४२ करोड रुपैयाँको कारोबार गरेका थिए । 

तर, एक रुपैयाँ पनि कर तिरेको थिएनन् । कर छलीकै उदेश्यले अर्काको नागरिकता प्रयोग गरी कम्पनी स्थापना गरेको देखिन्छ , अनुसन्धानमा आबद्ध सिआईबीका एक अधिकारीले भने, छानविनमा तानिएमा आफुहरु जोगिने उदेश्य उनीहरुको देखिन्छ ।