दिइन निर्मलाकी आमाले आठ प्रहरी विरुद्ध उजुरी

निर्मला पन्त हत्याका प्रमाण नष्ट गरेको भन्दै उनकी आमा दुर्गादेवीले तत्कालीन एसपी दिल्ली विष्टसहित आठ प्रहरी विरुद्ध मंगलबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा जाहेरी दर्ता गराएकी छिन् । 

प्रमाण नष्ट गरेको भनेर सार्वजनिक कसुरअन्तर्गत आठ जना विरुद्ध दुर्गादेवीले उजुरी दिएको कञ्चनपुरका प्रहरी उपरीक्षक कुवेर कडायतले बताए । 

तत्कालीन एसपी बिष्ट, डिएसपी ज्ञानबहादुर सेठी, सिआइबीका प्रहरी उपरीक्षक अंगुर जिसी, प्रहरी निरीक्षक जगदीश भट्ट, प्रहरी हरि सिंह धामी, रामबहादुर धामी र प्रहरी जवान चादनी साउदविरुद्ध दुर्गादेवीले जाहेरी दिएकी हुन् ।