गण्डकीले १४ % लाभांश दिने गण्डकी विकास बैंकको सञ्चालक समितिबाट निर्णय भई नेपाल राष्ट्र बैंकमा स्वीकृतीका लागि पेश भएको २०७४÷०७५ सम्मको सञ्चित नाफाबाट चुक्ता पुँजीको १४.२ प्रतिशत प्रस्तावित नगद लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएको छ ।
यो नगद लाभांश बैंकको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि वितरण हुनेछ । बैंकले स्थापनाकालदेखि नै शेयरधनीलाई उच्च प्रतिफल प्रदान दिँदै आएको छ । बैंकले ७वटै प्रदेश, हिमाल पहाड तराई, पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म शाखा सञ्जाल विस्तार गरी वित्तीय सेवा प्रदान गर्दै आएको छ ।
बैंकले आकर्षक ब्याजदरमा निक्षेप योजना, सहज र सरल रुपमा कर्जा योजनाको साथमा एबिबिएस, एटिएम, सिआस्वा, आइपिएस, मोबाइल बैकिङ, लकर सेवा, सुन धितोमा कर्जा सुविधा, रेमिट्यान्स सेवा लगायतका सेवा दिँदै आएको छ ।
प्रधान कार्यालय लगायत केही शाखामा ३६५ दिने बैकिङ सेवा तथा सन्ध्याकालीन सेवा पनि उपलब्ध छ । बैंकले आ.व. २०७५÷७६ को प्रथम त्रैमासमा सञ्चालन नाफा १५ करोड ३० लाख आर्जन गरेको छ ।