समाचार

पूर्व राजालाई पोखरामा स्वागत गर्न ५०१ सदस्यीय समिति

सोमबारबाट पोखरा आउने पूर्व राजा ज्ञानेन्द्र शाहलाई पोखरामा भव्य स्वागत गर्ने तयारी भएको छ । राजाकै झल्को दिने गरी पोखरा भ्रमणमा राष्ट्रवादी समूहले स्वागत योजना बताएको हो । ज्ञानेन्द्र शाह र पत्नी कोमल राज्यलक्ष्मी शाहसहित निजी भ्रमण पोखरा आउँदै छन् ।स्वागतका लागि ५ सय १ सदस्यीय स्वागत व्यवस्थापन समिति गठन भएको छ । पोखरामा भएको भेलाले केशव भण्डारीको संयोजकत्वमा समिति गठन गरेको हो । सल्लाहकारमा रमेशबहादुर भट्टराई, गणेशबहादुर गुरुङ, हेमजङ… पुरा पढौ

इन्जिनियर्स एसोसिएसन गण्डकीमा बाबुराम

नेपाल इन्जिनियर्स एसोसिएसन गण्डकी प्रदेशमा प्रगतिशील प्यानलले बाजी मारेका छन् । डा. बाबुराम भण्डारी सभापतिमा निर्वाचित भएका छन् । प्रगतिशील प्यालनबाट भण्डारीले ५ सय ६४ मत ल्याएर विजयी भएका हुन् । भण्डारीका प्रतिद्धन्द्धी राजेश भट्टराईले ४१५ मतमात्र पाए । ३२ औं कार्यकारिणी समितिको निर्वाचनबाट धु्रव भट्टराई उपसभापतिमा चुनिए ।  सचिवमा दीपक थापा विजयी भएका छन् । सहसचिवमा विष्णुप्रसाद खनाल कोषाध्यक्षमा शोभितबहादुर क्षेत्री निर्वाचित भएका छन् । सदस्यहरूमा हरिकला थापा गुरुङ,… पुरा पढौ

फेवातालमा खसेका युवाको शव फेला

पोखराको फेवातालमा प्याडल बोर्डबाट खसेर बेपत्ता १ युवाको शव शनिबार बिहान फेला परेको छ । मङ्सिर २४ गते सोमबार दिउँसो सेल्फी खिच्ने क्रममा फेवातालमा डुबेर बेपत्ता भएका काठमाडौँ ताहाचलका १९ वर्षीय रोजन श्रेष्ठको शव फेला परेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । प्रहरीका अनुसार आज बिहान तालमा तैरिएको अवस्थामा उनको शव भेटिएको हो । शव परीक्षणका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा लगिएको छ । पोखरा घुम्न आएका श्रेष्ठ तालमा बेपत्ता… पुरा पढौ

चिमाङ गाउँमा वर्षौपछि सरकारको उपस्थिती

समून्द्री सतहदेखि करिव ३ हजार ५ सय मिटर अग्लो उचाईमा अवस्थित ओझेलमा परेको गाउ हो चिमाङ ।यो बस्ती स्थान्तरण भएको झन्डै ३ सय पुरानो मानिएको छ । बस्तीका वासिन्दाले सताब्दीयौपछि पहिलो पटक घरदैलाृेमै स्वास्थ्य सेवा पाएका छन् ।बिहिबार देखि स्वास्थ्य ईकाई गाउमा स्थापना भएको हो ।सेवापछि चिमाङका स्थानीयले गाउमै स्थानीय सरकार आएको बताएका छन् । यसअघि सामान्य जरो र रुघाखोकी लाग्दा औषधि खोज्न सदरमुकाम जोमसोम अस्पताल भौतारिनु पर्ने चिमाङवासीको बाध्यतालाई… पुरा पढौ

मुस्ताङमा समूदाय–प्रहरी नेटवर्क समिति गठन

हिमाली जिल्ला मुस्ताङमा समूदाय–प्रहरी साझेदार समिति गठन भएको छ ।जिल्ला प्रहरी कार्यालय मुस्ताङको पहलमा उच्चस्तरिय समिति गठन भएको हो ।घरपझोङ गाउपालिकाका अध्यक्ष आशबहादुर थकालीको अध्यक्षतामा शुक्रबार बसेको भेलाले प्रारम्भिक जिल्ला समिति गठन गरेको हो । प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीको संयोजकत्वमा १५ सदस्यीय समूदाय–प्रहरी साझेदारी जिल्ला समिति गठन भएको हो ।समितिको उपसंयोजकमा प्रहरी नायव उपरिक्षक महेन्द्र खड्का रहने छन्।यस्तै, जिससकी प्रमुख छिरिङ ल्हामो गुरुङ र घरपझोङ गाउपालिकाका अध्यक्ष आशबहादुर थकालीलाई… पुरा पढौ

सडक महोत्सव व्यवस्थित, परिमार्जित बनाऊ

रेबान पोखराको आयोजनामा हुन लागेको २० औं पोखरा सडक महोत्सव सफल पार्न शुक्रबार पोखरामा छलफल भएको छ । छलफलका सहभागीले सडक महोत्सवमा विगतमा भएका कमजोरी सच्याउँदै यसपटक अझै व्यवस्थित पार्न सुझाव दिएका छन् । उनीहरुले ट्राफिक व्यवस्था, फोहोर मैलाको उचित व्यवस्थापन, भीड नियन्त्रण, सार्वजनिक शौचालय व्यवस्थित पार्किङ लगायतमा आयोजकले ध्यान पु¥याउनुपर्नेमा जोड दिए । रेवान पोखराले अंग्रेजी नयाँ वर्षको अवसरमा हरेक वर्ष पुसको १३ देखि १७ गतेसम्म लेकसाइडको झण्डै ३… पुरा पढौ

गण्डकी प्रदेश योजना आयोग सदस्य बरालको शपथ

गण्डकी प्रदेश नीति तथा योजना आयोगका सदस्य डा विष्णुराज बरालले पद तथा गोपनियताको शपथ लिएका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित कार्यक्रममा आयोगका उपाध्यक्ष डा गिरीधारी शर्मा पौडेलले उनलाई पद तथा गोपनियताको शपथ गराए । कार्यक्रममा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ तथा मन्त्रिपरिषद्का सदस्यकोे उपस्थिति थियो । गत साउनमा ३ महिनाका लागि आयोगको विज्ञका रुपमा नियुक्त डा बराललाई मङ्सिर १९ गतेको मन्त्रिपरिषद् बैठकले सदस्यमा नियुक्त गर्ने निर्णय गरेको थियो । लमजुङ… पुरा पढौ

नेकपाको स्थायी कमिटी बैठक शनिबार

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को तेस्रो स्थायी कमिटी बैठक शनिबार बस्ने भएको छ । बैठक दिउँसो १ बजे केन्द्रीय कार्यालय धुमबाराहीमा बस्ने भएको केन्द्रीय सदस्य कृष्ण गोपाल श्रेष्ठले जानकारी दिए । बैठकमा सचिवालय बैठकले गरेका निर्णयलाई अनुमोदन गराउने, सरकारको काम कारवाही, तल्लो तहसम्मको पार्टी एकतालाई व्यवस्थापन गर्ने र समसामयिक विषयवस्तुमाथि छलफल हुने उनले बताए । यसअघि असारमा स्थायी कमिटी बैठक बसेको थियो । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच पार्टी… पुरा पढौ

७ युवाले खोले पोखरा स्काइ स्पोट्स

मन पर्ने खेल खेल्ने स्थानमै रोजेको खानेकुरा पनि पाइयोस् । यस्तो चाहना पूरा गर्ने पोखरा स्काइ स्पोट्स शुक्रबारदेखि सञ्चालनमा आएको छ । पोखराको न्युरोडमा रहेको भाटभटेनी सुपरमार्केटको टप फ्लोरमा ७ युवाको लगानीमा स्काई स्पोट्स सञ्चालनमा आएको हो । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले यसको सुरुआत गरे । यहाँ फुटसल, लन टेनिस,बच्चाका लागि गेमिङ जोनसहित कफी, जुस बार पनि छ । स्वदेशमै केही गर्न सकिन्छ भनी आफूहरुले यो व्यवसाय थालेको प्रमुख… पुरा पढौ

मेयरले गरे कृषि र महिला विकास कार्यालय कब्जा

तत्कालिन जिल्ला कृषि बिकास कार्यालय बागलुङ नगरपालिकाले कब्जा गरेको छ । अहिले यो कृषि ज्ञान केन्द्र पर्वतको सम्पर्क कार्यालय बनेको थियो । गत साउनदेखि यो कार्यालय कृषि ज्ञान केन्द्र पर्वतको सम्पर्क शाखाका रुपमा रहेको थियो । यहा“ ३ कर्मचारी मात्र कार्यरत थिए । नगर प्रमुख जनकराज पौडेलको नेतृत्वमा कार्यालय पुगेका जनप्रतिनिधि र कर्मचारीले कार्यालय कब्जा गरेका हुन् । शुक्रवारदेखि नियमित सेवा संचालन गर्ने गरी नगरपालिकाले कार्यालय कब्जामा लिएको हो ।… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं