प्रकृति पूजक लिम्बू समुदायको महान चाड चासोक–तङ्नाम पौष ७ गतेदेखि धरानमा हुने भएको छ ।पौष १० गतेसम्म मनाइने उधौली अर्थात न्वागी पूजा धुमधामका साथ मनाउने तयारी गरेको हो ।
खेतीमा पाकेको अन्नबालीको बीउविजन सप्रियोस् भन्दै प्रकृति देवीलाई आर्शिवाद माग्न यक्वा पूजा गरिने चलन छ ।
मानवले खानुपूर्व प्रकृतिलाई चढाएर मात्रै खाने हुनाले यही पर्वलाई न्वागी पूजाको रूपमा रहेको छ । तङ्नामको अवसरमा लिम्बू समुदायको मौलिक खानाहरू चाम्रे, याङबेन, झ्याउ, फिलिङ्गे अचार, तोङ्वा, सेरगाङमा लगायत परिकार बनाउने प्रचलन रहेको छ ।
किरात याक्थुङ चुम्लुङ धरान नगर समिति, किरात याक्थुङ चुम्लुङ जिल्ला शाखा सुनसरीको संयुक्त आयोजनामा हुने तङ्नाममा विभिन्न सांस्कृतिक कार्यक्रम हुने जनाइएको छ । तङ्नामको पहिलो दिन विजयपुर दरवार परिक्रमा सहित पूजा गर्दै कार्यक्रमको शुरुवात गरिने जनाएको छ ।
त्यस्तै सिरिजङ्गाको शालिकमा माल्यापर्ण गर्ने कार्यक्रम रहेको छ ।
धरानका थुमगत, थरगत संस्थाका यालाङ, केलाङ, प्रदर्शनी, एकराते तङ्सिङ लगायतका कार्यक्रम हुने छ । चासोक तङ्नामलाई भब्य बनाउनको लागि बिभिन्न उपसमिति गठन गरिएको धरान नगर अध्यक्ष सुवास हुक्पा चोङ्वाङले बताए ।