कास्कीका किशोरी तथा महिलाहरुलाई सुरक्षीत तालिम

पोखराका किशाेरीहरुले महिला हिँसा तथा बलात्कार विरुद्ध आत्मरक्षा सम्बन्धि तालिम लिएका छन् ।

राष्ट्रका लागी खेलकुद स्वाथ्यको लागी खेलकुद भन्ने नाराका साथ राष्ट्रिपति खेलकुद महिला सहभागीता अभिवृद्धि कार्यक्रम अन्र्तरगत राष्ट्रिय खेलुकद परिषद नेपालको आयोजनामा अमिनतरा स्थिति इमाँन्युल माविका छात्राहरुले उक्त तालिम लिएका हुन  ।

तालिमको अवसरमा बोल्दै जिल्ला खेलकुद विकास समिती प्रमुख प्रकाश बरालले खेलकुदमा बालबालिकहरुलाई बढि भन्दा बढि सहभागी बनाउनु पर्नेमा जोड दिुनभयो । उहाँले आत्मरक्षा तालिम अहिलेको परिबेशमा महिला तथा युवतीलाई एकदमै आवस्यक रहेको बताउनुभयो ।

कसैले कपाल, हात वा शरीरका कुनै अंग समात्यो भने कसरी फुत्कने ? पछाडिबाट अंगालो हाल्यो भने कसरी छुटकारा पाउने ? संवेदनशील अंग समात्यो भने कसरी छुटाउने ? कतै लैजान थाल्यो भने कसरी छुटकारा पाउने ?  जस्ता तरिका तालिममा सिकाइने नेपाल मार्शल सेल्फ डिफेन्स संघका प्रमुख प्रशिक्षक सन्जु महर्जनले जानकारी दिनुभयो

उहाँले महिला तथा किशेरीलाई बलात्कार बाट मात्रै नभई स्वास्थय रहन, कतै एक्लै हिड्न स्कुल जाँदा सावर्जनिक बसमा यात्रा गर्दा हुने हरेक हिँसाको प्रतिकार गर्न यस्तो तालिम अनिबार्य रहेकाे बताउनु भयाे।

यता इमान्युल माविकाका एम डि  एम बि कार्कीले  याे समयमा आत्मरक्षा तालिम  सिक्न पाउनु गाैरवकाे कुरा भएकाे भन्दै जीवनमा  फलदायि हुने  विश्वास व्यक्त गर्नुभयाे ।

महिला तथा युवतीलाई आफनो सुरक्षा आफैँ गर्न सक्ने बनाउनका लागि देशका १९ जिल्लामा राष्ट्रिपति खेलकुद महिला सहभागीता अभिवृद्धि कार्यक्रम अन्र्तरगत आत्मरक्षा सम्बन्धि तालिम संचालन गरिएको संघले जनाएको छ ।

पोखराका विभिन्न विद्यालय तथा गृहणीहरुलाई लक्षित गरि संचानल गरिने तालिमको सहजीकरण नेपाल मार्शल सेल्फ डिफेन्स संघका प्रमुख प्रशिक्षक सन्जु महर्जन तथा प्राविधिक प्रमुख राधिका एर हमालले  गर्नुभएको थियो । पोखरा पछि टोली बुटवल जानेछ ।