नयाँबजारमा इन्टरनेट तथा टिभी सेवा प्रदायक भायनेट कम्युनिकेसन्स प्रालिले पोखराको नयाँबजारमा शाखा खोलेको छ । भायनेटले नोकियासँगको सहकार्यमा अल्ट्रा ब्रोडब्यान्ड क्षमतायुक्त नेटवर्कको सुरुआत गर्दै छ ।
अहिले भायनेटले इन्टरनेट प्लानका वार्षिक ग्राहकलाई १ वर्षको नेट टिभी र नेट टिभी सेट टप बक्स निःशुल्क प्रदान गरिरहेको छ । अल्ट्रा ब्रोडब्यान्डले १ सय एमबिपिएस भन्दा बढीको स्पिड दिन्छ ।
इन्टरनेट प्रयोगकर्ताले उच्च मागमा रहेका इन्टरनेट एप्लिकेसनहरु र अरु इन्टरनेट चलाउन मिल्ने डिभाइसलाई सपोर्ट गर्ने छ । रनेटमा हाइ क्वालिटी सामग्री हेर्ने माग उच्च रहेका कारण भायनेटले यो योजना ल्याउन लागेको भायनेटका प्रमुख कार्यकारी अधिकृत प्रशन्न पोखरेलले बताए ।
उनले भने, ‘पोखरामा हामीले आफ्नो पहिलो नोकिया डिभाइस विस्तार गर्न लागेका छौं ।’ विगत १९ वर्षदेखि भायनेट कम्युनिकेसन्समा सधैं अग्रणी रही भरपर्दो र सुलभ ब्रोडब्यान्ड इन्टरनेट दिइरहेको उनले बताए ।
सन् २०११ मा भायनेट फाइबर अप्टिक्स इन्टरनेटमा अग्रता हासिल गर्यो जसलाई टिटिएच इन्टरनेट सेवा भनिन्छ । सन् २०१६ मा भायनेटले नेट टिभीसँग सहकार्य गरी उच्च गुणस्तरको आइपिटिभी सुरुआत गर्यो ।
यसमा ५५ भन्दा बढी एचडी च्यानल सहित १ सय ९० च्यानल हेर्न मिल्छ ।