समाचार

सचेतनासहित पोखरा १५ का स्कुल सेनिटरी प्याड युक्त

पाेखरामा यतिवेला सेनेटरी प्याडयुक्त विद्यालय घाेषणा भैरहेको छ । पाेखरा महानगपालिका वडा नं १५ वुधवार सेनेटरी प्याड युक्त घाेषणा भएकाे छ । कार्यक्रममा वडा अध्यक्ष प्रकाश पाैडेलले एक हप्तादेखी वडा भित्रका विद्यालयमा सफा पिउने पानी ,सफा शाैचालय, शाैचालयमा सेनेटरी प्याड,सावुन व्यवस्थापन वारे अनुगमन सकेर घाेषणा गरिएकाे हाे । वडा कार्यलय तथा शिक्षा समितिकाे अायाेजना तथा सामाजिक जागरणका लागि नारी अभियानको पहलमा उक्त कार्यक्रम अायाेजना गरिएकाे हाे ।   विद्यालयलाइ सेनेटरी… पुरा पढौ

पुर्व प्रधानमन्त्रीको प्रेम प्रस्ताव, लजाउँदै गरे खुलासा: झलनाथ

मन्त्रालयको जिम्मेवारी सम्हालेपछि चुरोट पिउन छोडेको पुर्व प्रधानमन्त्री झलनाथ खनालले खुलासा गरेका छन् । पुर्व प्रधानमन्त्री, नेकपा बरिष्ठ नेता तथा सांसद् झलनाथ खनालले पहिलो पटक मन्त्रालयको जिम्मेवारी सम्हालेपछि चुरोट पिउन छोडेको खुलासा गरेका हुन् । वि.स.२०४६ सालको परिवर्तनपछि उनले पहिलो पटक मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए । उनले त्यती बेलामा कृषी, भुमि व्यवस्था, वन तथा वातारण मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए । मन्त्रीको हैसियतमा वातावरण दिवसको अवसरमा आयोजना भएको कार्यक्रममा सहभागी भएर… पुरा पढौ

बाह्र करोडमा प्रादेशिक दुग्ध उद्योग:सुर्खेत

कर्णाली प्रदेशको राजधानी सुर्खेतमा निजी लगानीमा रु १२ करोडको प्रदेशस्तरीय दुग्ध उद्योग निर्माण गर्न थालिएको छ ।काभ्रेस्थित धुलिखेल नगरपालिकाका उद्योगी माधव धिताल र पाँचखाल नगरपालिकाका उद्योगी जयकृष्ण आचार्यको संयुक्त लगानीमा रु १२ करोडको लगानीमा प्रदेशस्तरीय उद्योग निर्माण गर्न थालिएको हो । सुर्खेत वीरेन्द्रनगर नगरपालिका–१२ स्थित औद्योगिक क्षेत्रको दुई रोपनी जग्गा ४० वर्षका लागि लिजमा लिएर दुग्ध उद्योग निर्माण अघि बढाइएको उद्योगी धितालले जानकारी दिनुभयो । “गत वर्षको मङ्सिरदेखि उद्योग निर्माण… पुरा पढौ

दुई कोरियाका सेनाले सिमा पार गरे

उत्तर कोरिया र दक्षिण कोरियाका सेनाले एक अर्काको देशको सिमा नाघेका छन् । कोरिया विभाजन भई दुईवटा देश बनेपछि ती देशका सेनाले पहिलो पटक सौहार्दपूर्ण रुपमा एक अर्काको देशको सिमा पार गरेका हुन् । दुई देशका सेनाले गैर सैन्य क्षेत्रमा रहेका सैनिक पोष्ट हटाउने क्रममा ति क्षेत्रको निरिक्षण गरेका हुन् । सिमा पार गर्ने क्रममा दुबै देशका सेनाले एकअर्कासँग हात मिलाएका थिए ।  सन् १९५० को दशकमा भएको कोरिया युद्धले… पुरा पढौ

पोखराको बजार क्षेत्रमा अनावश्यक तारहरु हटाउने अभियान

पोखराको मुख्य बजार क्षेत्रमा बिजुलीको पोलमा रहेका अनावश्यक तारहरु हटाउने अभियानको सुरुआत गर्दै पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसी । महानगरपालिकाले ४० दिने अभियान बिहीबारबाट सुरु गरेको हो । पहिलो चरणमा सिद्धार्थचोकदेखि न्युरोडहुँदै सभागृहचोक, दोस्रो चरणमा पालिखेचोक, महेन्द्रपुल, चिप्लेढुंगा, नयाँबजार पृथ्वीचोकहुँदै सभागृहचोक, तेस्रो चरणमा सभागृहचोकदेखि सिर्जनाचोक, जिरोकमीहुँदै लेकसाइडको हल्लनचोक र चौंथो चरणमा हल्लनचोकदेखि बाराहीचोक, गौरीघाट, सहिदचोकहुँदै मुस्ताङचोकसम्म अभियान सञ्चालन हुनेछ । पोलमा राखिएका अनावश्यक तारहरुकै करण सहर कुरुप हुनका साथै दुर्घटना… पुरा पढौ

भूकम्पमा घाइते छोरा ३ वर्ष देखि अर्धचेत, छोरा उठ्ने आशामा बुबा,

२०७२ सालको विनाशकारी भूकम्पमा परी नुवाकोटका कृष्ण हरी पुडासैनी गम्भीर घाइते भए। उनी देख्न सक्छन्, स्वाश फेर्छन् तर न बोल्न सक्छन् न चल्मलाउन नै। उनी एकटकले हेरीमात्र रहन्छन्। चिकित्सकका अनुसार उनी तिन वर्ष देखि अचेत अवस्थामा छन् अर्थात उनको स्वास्थ्य स्थिति स्थिर छ। कृष्णहरी ट्रेकिंग गाइडको रुपमा काम गर्थे। सोहि क्रममा उनले पर्यटकलाई घुमाउन पर्यटकीय स्थल लग्दा अचानक भूकम्प गयो। उनि एक कुनामा बसिरहे। त्यहाँबाट निस्किन सकेनन्। उनलाई पहिरोको ढिस्कोले पुर्यो।… पुरा पढौ

जनगणना २०७८ को तयारी सुरु

३ वर्षपछि हुने राष्ट्रिय जनगणनाको केन्द्रीय तथ्यांक विभागले तयारी थालेको छ । विभागले गण्डकी प्रदेश स्तरीय गोष्ठी गरेको छ । कार्यक्रमा गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङले आगामी जनगणनाले प्रदेशलाई नीति निर्माण गर्न सघाउनुपर्ने बताए ।  फरक फरक तथ्य र तर्कले कसरी काम गर्ने अन्योल हुने उनको भनाइ छ । विकास र समृद्धिको आधार नै तथ्यांक भएकाले पनि वस्तुगत तथ्यांक सत्य हुनुुपर्ने मुख्यमन्त्री गुरुङले बताए ।  उनले भने, ‘आज कहाँ छौं र… पुरा पढौ

रोटरी पोखरा अध्यक्षमा गोपाल

रोटरी क्लब अफ पोखराको २०१९/२० को अध्यक्षमा गोपाल धोजु चयन भएका छन् । क्लबको हालै सम्पन्न अधिवेसनले धोजुलाई अध्यक्षमा चयन गरेको हो । क्लबको उपाध्यक्षमा प्रकाशदेव पालिखे र सचिवमा उर्दिप श्रेष्ठ चयन भएका छन् । समितिको सल्लाहकारमा विपिन केसी, सर्जेन्ट एण्ड आर्ममा कपिलकिरण श्रेष्ठ, क्लब एडिटरमा डा. राजेन्द्र गौतम चयन भएका छन् । क्लबको निर्देशकमा बमबहादुर गुरुङ, गणेशमानसिंह भण्डारी, ज्ञानेन्द्र सिग्देल, रामचन्द्र थापा, शारदा खत्री गौतम क्लब एडमिनिस्ट्रिेसनमा निरञ्जन श्रेष्ठ,… पुरा पढौ

उपभोक्ता नठग्न निर्देशन

 वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले व्यावसायिक मर्यादा भित्र रहेर व्यापारिक कारोबार गर्न सम्पूर्ण व्यापारी तथा व्यवसायीलाई आग्रह गरेको छ ।विभिन्न बहानामा उपभोक्ता ठगिँदै आएको भन्दै विभागले उपभोक्ता संरक्षण ऐन, २०७५ को बर्खिलाप हुने गरी गतिविधि गरे कडा कारवाही हुनेतर्फ पनि व्यापारीलाई सचेत गराएको छ ।  वस्तु तथा सेवाको उत्पादन, बिक्री तथा प्रदान गर्दा उत्पादक, पैठारीकर्ता, ढुवानीकर्ता, सञ्चयकर्ता, बिक्रेता वा सेवा प्रदायकले गैर व्यवसाय जन्य क्रियाकलाप गरेमा उपभोक्ता ऐनअनुसार कारवाही… पुरा पढौ

५३० कर्मचारीलाई कारवाही सिफारिस

राष्ट्रिय सतर्कता केन्द्रले समय पालना नगर्ने ५ सय ३० जना कर्मचारीलाई कारवाही गर्न सिफारिश गरेको छ । केन्द्रले साउनयता १ सय ४० वटा कार्यालयमा गरेको अनुगमन ठीक समयमा कार्यालयमा नआउने ३सय १८ र तोकिएको पोशाक नलाउने १ सय ६२ गरी ५ सय ३० जना कर्मचारीलाई कारवाहीको लागि सिफारिश गरेको केन्द्रका प्रवक्ता विष्णुराज लामिछानेले जानकारी दिए । ती कर्मचारीलाई विभागीय कारवाही गर्नका लागि सम्बन्धित कार्यालयका प्रमुखलाई निर्देशन दिइएको उनले बताए ।… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं