समाचार

गण्डकीका स्वरोजगार व्यापार श्रमिक संगठित

नेपाल स्वरोजगार व्यापार श्रमिक संघको प्रथम गण्डकी प्रदेश भेला मंगलबार भएको छ । भेलाले अर्जुन सुनारको अध्यक्षतामा संघको गण्डकी प्रदेश कमिटी गठन गरेको छ । संस्थाको उपाध्यक्ष गोविन्द गौतम, सचिव वैकुण्ठ पोखरेल, सहसचिव विष्णुहरि पौडेल र कोषाध्यक्षमा रेशमलाल तिमिल्सिना छन् । कमिटीको सदस्यमा शिव लामिछाने, बालकुमारी श्रेष्ठ, कुमारी गरौंजा मगर र चन्द्रा धमेल छन् । भेलामा नेपाल टेड युनियन महासंघ(जिफन्ट) महिला कमिटी अध्यक्ष तथा गण्डकी प्रदेश सभा सांसद मीना गुरुङले… पुरा पढौ

गोरखाका ४ गाउँपालिका जडीबुटी पकेट क्षेत्र

गोरखाका ४ गाउँपालिकालाई जडीबुटीको पकेट क्षेत्र घोषणा गरिएकोे छ । गण्डकी प्रदेश डिभिजन वन कार्यालयले अजिरकोट, धार्चे, बारपाक सुलीकोट र आरुघाट गाउँपालिकालाई जडीबुटी खेतीका लागि जिल्लाको पकेट क्षेत्र घोषणा गरेको हो । जिल्लाको उच्च हिमाली भेकमा जडीबुटी खेतीको राम्रो सम्भावना रहेकाले तिनको विस्तार र प्रशोधन गर्ने उद्देश्यले पकेट क्षेत्र छनोट गरिएको उक्त कार्यालयका प्रमुख इमनाथ पौड्यालले जानकारी दिए । ‘‘छनोट भएका गाउँपालिकामा जडीबुटीको व्यावसायिक खेतीको राम्रो सम्भावना देखिएको छ,’’ उनले… पुरा पढौ

धराप तार हटाउँदै पोखरा महानगर

सुन्दर पोखराको कुरुप तारहरु अब व्यवस्थित गरिने भएको छ । सडक छेउमा रहेका बिजुली, केबुल, टेलिफोन र इन्टरनेटका अव्यवस्थित तारका कारण दुर्घटनाको जोखिम पनि छ । दुर्घटनाको जोखिम र कुरुप बढाएका यस्ता तारहरु व्यवस्थित गर्न पोखरा महानगरले बिहीबारबाट काम सुरु गर्ने भएको छ । महानगरले नेपाल विद्युत प्राधिकरण, इन्टरनेट सेवा प्रदायक संस्था, नेपाल टेलिकम, केबल व्यवसायी लगायतका संस्थाका प्रतिनिधि बोलाएर तार व्यवस्थापनमा सहयोग गर्न आग्रह गरेको छ । पोखरा महानगरका… पुरा पढौ

तल्लो मुस्ताङमा फाईबर नेट

ओझेलमा पर्दै आईरहेको उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउपालिका घमी र चराङमा २ जी रेडियो लिंक मोवाईल सेवा बिस्तार हुदैछ । यसअघि उपल्लो मुस्ताङको लोमान्थाङ बजारमा बिस्तार भएको यो सेवा लोघेकर दामोदरकुण्ड गाउपालिकामा बिस्तार गर्न लागिएको हो । संञ्चार सम्पर्क प्रभावकारी नभएको उपल्लो मुस्ताङमा रेडियो लिंक बिस्तारपछि यहाँका ११ वटै गाउमा संञ्चार सम्पर्कको पहुच स्थापित हुने नेपाल दुरसंञ्चार जोमसोमका कार्यालयका प्रतिनिधि महेन्द्र गुरुङले जानकारी दिए ।उनले रेडियो लिंकपछि सूचना आदान–प्रदान तथा… पुरा पढौ

पाेखरा स्पाइरल ग्यालेक्सी सेनेटरी प्याड युक्त

पाेखरा स्पाइरल ग्यालेक्सी अावासिय मावि सेनेटरी प्याड युक्त भएकाे छ ।सामाजिक जागरणका लागि नारी अभियानकाे पहल तथा विद्यालयकाे सहयाेगमा मंगलवार सचेतना सहित सेनेछरी प्याड युक्त घाेषणा भएकने हाे । विद्यालयका सञ्चालक सारा वहादुर पाेख्रेलले विद्यालयमा सेनेटरी प्याड पहिलेदेखि भैराखेकाे जानकारी दिदै अवदेखी शाैचनलयमा निशुल्क व्यवस्थापन गर्ने प्रतिवद्वता जनाउनुभयाे । उहाँले यस अभियानमा हरेक विद्यालयले साथ दिनुपर्ने र व्यवहारमा उतार्नुपर्ने अावश्यकता समेत अाैल्याउनु भयाे । कार्यक्रममा अभियन्ता,पत्रकार तथा अधिवक्ता सुष्मा पाैडेलले… पुरा पढौ

रत्नजित दोश्रो चरणमा

नेपाली ब्याडमिन्टन खेलाडी रत्नजित तामाङ्गले बंगलादेशमा मंगलबारबाट सुरु भएको योनेक्स सनराईज बंगलादेश अन्तराष्ट्रिय च्यालेन्ज २०१८ मा जित हात पारेका छन् । पुरुष एकल तर्फ रत्नजितले पुरुष एकलमा भारतका अङकुर साङ्गपाङ्ग राईलाई २१ – ११, २५ – २३ ले पराजित गर्दै दोश्रो चरण प्रवेश गरेका छन् । अव उनले मलेसियाका जुल्हेल्मी जुल्किफ्ली संग प्रतिस्पर्धा गर्ने छन् । अर्का खेलाडी दिपेश धामी भने पराजित भएका छन् । धामी ईन्डोनेसियाका क्रिष्टियन एडिनाटा संग… पुरा पढौ

चार जनाको एकै चिहान : झापाको आगलागी

झापाको शिवसताक्षी नगरपालिका ७ लालझोडामा एकै परिवारका चार जनाको मृत्यु भएको छ । घरमा अचानक लागेको आगलागीका कारण मृत्यु भएको प्रहरीले जनाएको छ । मङ्सिर ९ गतेको राती आगलागी भएको हो । खनाल परिवारका सम्पूर्ण सदस्यको सुतिरहेको अवस्थामा आगलागी भएको इलाका प्रहरी कार्यालय झिल्झिलेले जानकारी दिएको छ । ट्याक्टरको लागि राखिएको डिजेलले गर्दा आगो लागेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको बताए पनि अझसम्म वास्तविक कारण भने खुल्न सकेको छैन। प्रहरीका अनुसार… पुरा पढौ

राजधानीको पेप्सीकोलामा भेटियो “अनौठो पसल” (हेर्नुहोस भिडियो )

नेपालका विभिन्न भू(भागमा उत्पादित घरेलु सामग्रीलाई प्रवद्र्धन तथा प्रोत्साहन गरी घरेलु उद्योगबाट उत्पादित वस्तुलाई बजारीकरण गर्ने उद्देश्यले राजधानीको पेप्सीकोलास्थित मनोज अधिकारीले कोसेली घर खोलेका छन्। जुन स्टोरलाई अर्ग्यानिक फुड सप भनेर चिनिन्छ। अहिले विश्वभरी जताततै अर्ग्यानिक खाध्यवस्तुको माग बढ्दो छ। त्यसलाई ध्यानमा राखेर यस कोशेली घर स्थापना गरिएको यहाँका संचालक मनोज अधिकारी बताउँछन। यहाँ इलामका घ्यु, छुर्पी, चियापती, हुम्लाका सिमिको दाल, झापाको आलस, देखि भकुन्डे वेसिको तेलसमेत पाइन्छ। इलामका मनोजले… पुरा पढौ

अनसन थाले विद्यार्थीले

कास्कीका विद्यार्थी कक्षा ११ को विज्ञान विषयका नतिजामा राष्ट्रिय परीक्षा बोर्डले लापारवाही गरेको भन्दै अनसन बसेका छन् ।उनीहरुले कक्षा ११ को उत्तरपुस्तिका जाँच र रिजल्टमा बोर्डले ठूलो लापरवाही गरेको आरोप लगाएका छन् । अब्बल विद्यार्थीको पनि साह्रै कमसल नतिजा आएपछि विद्यार्थीहरु आक्रोशित भएका हुन् । यसबाट विद्यार्थीले मानसिक यातना समेत भएको भन्दै अभिभावकहरु पनि आन्दोलित भएका छन् । लापरवाही भएका कापी फेरि जाँचेर रिजल्ट निकाल्नुपर्ने उनीहरुको माग छ । नेपाल… पुरा पढौ

कृत्रिम ताल बनाएर बुवाको सम्झना

 रामपुरका स्थानीयवासी कृष्णप्रसाद भण्डारीले बुबाको सम्झनामा कृत्रिम ताल बनाएका छन् ।भण्डारीले रामपुर नगरपालिका–५ स्थित तल्लो भम्बक बहखोला किनार नजिकै छ रोपनी जमीनमा स्व बुवा हरिकृष्ण शास्त्रीको नाममा ताल निर्माण गरेका हुन् । “बुबाको पहिलेदेखिको सपना रहेको र रामपुरको पर्यटन विकासलाई अगाडि बढाउन मद्दत पुगोस् भन्ने उद्देश्यले ताल निर्माण गरिएको हो”, उनले भने । पर्याप्त सिँचाइ सुविधा पुगेको तीन बाली उत्पादन हुने खेतीयोग्य जमीन मासेर ताल निर्माण गरिएको छ । छ… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं