जागरण अभियान नेपालको तेस्रो साधारणसभा तथा विशेष अविधेशनले शंकरमणि त्रिपाठीको अध्यक्षतामा ९ सदस्यीय कार्य समिति सर्वसम्मत चयन गरेको छ । उपाध्यक्षमा सृजना सापकोटा, महासचिवमा नारायणप्रसाद भण्डारी, सचिवमा मोतीसागर अधिकारी, कोषाध्यक्षमा ओमकुमारी आचार्य त्रिपाठी चयन भएका छन् ।
सदस्यमा किरण रेग्मी, सृजना त्रिपाठी, कपिलदेव शर्मा र चिदानन्द त्रिपाठी छन् । कार्यक्रममा गैरसरकारी संस्था महासंघ महासचिव रामप्रसाद सुवेदीले आफनो संस्कृतिको अधिकार जोगाउनुपर्नेमा जोड दिए । कार्यक्रममा हिन्दू महासंघ कास्की अध्यक्ष शंकर खराल, अधिवक्ता माधवराज बास्तोला लगायतले बोलेका थिए ।
कार्यक्रममा कोषाध्यक्ष ओमकुमारी आचार्य त्रिपाठीले कोषाध्यक्षको प्रतिवेदन पेस गरेकी थिइन् । सो अवसरमा नेपाल पुस्तक महासंघ कास्की अध्यक्ष मोहन सापकोटालाई सम्मान गरिएको थियो ।जागरण अभियान नेपालका अध्यक्ष मोतीराज तिमिल्सिनाको अध्यक्षतामा भएको कार्यक्रममा प्रथम उपाध्यक्ष विनोदप्रसाद तिपाठीले स्वागत र सञ्चालन महासचिव शंकरमणि त्रिपाठीले गरेका थिए ।