पूर्व राजालाई पोखरामा स्वागत गर्न ५०१ सदस्यीय समिति

सोमबारबाट पोखरा आउने पूर्व राजा ज्ञानेन्द्र शाहलाई पोखरामा भव्य स्वागत गर्ने तयारी भएको छ । राजाकै झल्को दिने गरी पोखरा भ्रमणमा राष्ट्रवादी समूहले स्वागत योजना बताएको हो ।

ज्ञानेन्द्र शाह र पत्नी कोमल राज्यलक्ष्मी शाहसहित निजी भ्रमण पोखरा आउँदै छन् ।
स्वागतका लागि ५ सय १ सदस्यीय स्वागत व्यवस्थापन समिति गठन भएको छ ।

पोखरामा भएको भेलाले केशव भण्डारीको संयोजकत्वमा समिति गठन गरेको हो ।
सल्लाहकारमा रमेशबहादुर भट्टराई, गणेशबहादुर गुरुङ, हेमजङ गुरुङ, जयलाल पुन, कुलबहादुर गुरुङ, झपेन्द्र आचार्य, विष्णुदेवी गुरुङ, देवीजंङ गुरुङ, मनवीर गुरुङ लगायत छन् ।