ग्रिन डेभलपमेन्ट बैंक लिमिटेडले यही मंसिर २८ गते शुक्रबार एकै दिन ४ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । पोखरा महानगरपालिकाभित्र बागलुङ बसपार्क, बुद्धचोक, तालचोक र बागमारामा बैंकले शाखा विस्तार गरेको हो ।
बागलुङमा केन्द्रीय कार्यालय रहेको क्षेत्रीय स्तरको यस बैंकले आफ्नो कार्य क्षेत्र भित्रका विभिन्न स्थानमा शाखा स्थापना गरी सेवा उपलब्ध गराइरहेको छ । अब बैंकका शाखा संख्या ८ पुगेका छन् । थप ३ वटा शाखा छिट्टै खोलिने बैंकका प्रमुख कार्यकारी अधिकृत उमेशकुमार आचार्यले बताए ।
यस बैंकले विभिन्न बचत एवं मुद्धति खातामा आर्कषक ब्याजदर प्रदान गरेको छ । बैंकले कृषि, पर्यटन जस्ता उत्पादनशील क्षेत्रलाई प्राथमिकतामा राखी कर्जा लगानी गर्दै आएको छ भने न्यून आय भएका वर्गलाई लक्षित गरी सामूहिक जमानीमा विपन्न वर्ग कर्जा समेत प्रवाह गर्दै आएको छ ।