नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी समितिको बैठक धुम्बाराहीस्थित पार्टी केन्द्रीय कार्यालयमा सुरु भएको छ ।
२९ मंसिरदेखि सुरु भएको बैठकको निरन्तरतास्वरुप आज पनि बैठक बसेको हो । आजको बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड) ले पेश गरेको राजनीतिक प्रतिवेदन र नेता वामदेव गौतमले पेश गरेको फरकमत प्रतिवेदनबारे छलफल हुनेछ ।