फिल्ड सहायकलाई लघुवित्त प्रशिक्षण

स्पर्स लघुवित्त वित्तीयले १ दिने फिल्ड व्यवस्थापन कार्यशाला गोष्ठी गरेको छ । लघुवित्तका २० वटा शाखा कार्यालयमा कार्यरत फिल्ड सहायकलाई २ चरणमा विभाजन गरी तालिम दिइएको हो ।

गोष्ठी परासीको वर्दघाट र पोखराको बेगनासतालमा भएका छन् । सहभागीलाई यस आवमा वित्तीय संस्थाले लिएको लक्ष्य प्राप्तिका लागि थप उत्प्रेरित बनाउने र फिल्ड कर्मचारीको वृत्ति विकास गर्न तालिम आयोजना गरिएको प्रमुख कार्यकारी अधिकृत सजल खड्काले बताए ।

तालिमा ६७ जना फिल्ड सहायक सहभागी थिए ।प्रमुख कार्यकारी अधिकृत खड्काले मंसिर मसान्तसम्मको वित्तीय संस्थाको लक्ष्य तथा प्रगति विवरणको अवस्था, वित्तीय संस्थाले हाल भोगेका समस्या तथा अवसर, वित्तीय संस्थाको यस आवको लक्ष्य तथा यसको प्राप्तिका रणनीतिको बारेमा प्रकाश पारेका थिए ।