नेपाल इन्जिनियर्स एसोसियसन गण्डकी प्रदेशको नयाँ समितिलाई प्रगतिशील ईन्जिनियर एसोसियसन नेपाल (पिन) निर्वाचन परिचालन कमिटीले बधाई दिएको छ ।
आइतबार आयोजित समारोहमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का गण्डकी प्रदेश सहइन्चार्ज खगराज अधिकारीले पेसागत जिम्मेवारी र जवाफदेही बन्न आग्रह गरे । उनले २ कम्युनिस्ट पार्टीको एकता यो विजयको मुख्य कारण भएकाले सोही यथार्थलाई मनन गरी कार्य गर्न निर्देशन दिए ।
नेकपा गण्डकी प्रदेशका सचिव गोविन्द नेपालील योजना बनाएर व्यवस्थित ढंगले काम गर्न आग्रह गरे । कार्यक्रममा प्रतिनिधि सभाका सदस्य पदम गिरी, गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव ईश्वरचन्द्र मरहठ्ठा, पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेषनारायण पौडेल लगायतले बोलेका थिए ।
नवनिर्वाचित अध्यक्ष बाबुराम भण्डारीले राष्ट्रले लिएको लक्ष्यमा पुग्न प्रतिवद्ध हुने बताए ।
अधिवेशनबाट केन्द्रीय सदस्यमा ओमप्रकाश गिरी, अध्यक्षमा बाबुराम भण्डारी, उपसभापतिमा ध्रुवराज भट्टराई, सचिवमा दीपक थापा, सहसचिवमा विष्णुप्रसाद खनाल र कोषाध्यक्षमा सोवितबहादुर क्षेत्री विजयी भएका छन् ।
सदस्यमा हरिकला थापा गुरुङ, डा केशव बस्नेत, कृष्णप्रसाद पौडेल, हरि केसी, रामकुमार श्रेष्ठ, विमल आचार्य, भगवान कुँवर, प्रदिप न्यौपाने, शर्मिला गौतम र अनिशकुमार ढकाल चुनिएका छन् ।