तेह्रथुम छँथर गाउ“पालिका १ मार्गापोखरी नजिकै जंगलमा खुकुरीले घाँटी रेटिएको अवस्थामा एक युवती सोमबार फेला परेकी छिन् । बेहोस अवस्थामा फेला परेकी उनलाई स्थानीय स्वास्थ्य संस्थामा उपचार हुन नसकेपछि थप उपचारका लािग बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान तर्फ पठाइएको छ ।
घाईते अवस्थामा फेला परेकी युवती छँथर गाउ“पालिका २ की ३० बर्षीय अविवाहित नमुना बोहोरा रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक नारायण गौतमका अनुसार आईतबार राती छँथर गाउ“पालिका १ डङडङेका कमल शेर्पाको घरमा युवती बोहोरा र धनकुटाको छँथर जोरपाटी गाउँपालिका ३ का ४५ बर्षिय लीलावहादुर भण्डारीसँगै बास बसेका थिए ।
सोमबार विहानै उठेर दुवै जना नजिकै रहेको धार्मिक आस्थाको मार्गा पोखरी तर्फ लागेका थिए । प्रहरीले दुवै जना विबाह गर्ने सल्लाह अनुसार मार्गा पोखरी तर्फ गएको हुनसक्ने शंका गरेको छ । मार्गा पोखरी पुगे पछि दुवै जना विच आपसमा विवाद भएर घट्ना भएको प्रहरीले आशंका गरेको छ ।
मार्गा पोखरी नजिकै युवतीको झोला, युवकको चप्पल फेला परेका छन् । झोलामा सिन्दुर पोते पनि रहेको थियो । उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । उनको घा“टीको अगाडीको नलीमा गहिरो चोट लागेको प्रहरीले जनाएको छ ।
उनीसँगै रहेका भण्डारी भने फरार भएको प्रहरीले जनाएको छ । घटनाबारे प्रहरीले अनुसन्धान थालेको छ ।