साहित्यबाट शैक्षिक अनियमितता सुधार्न माग

कक्षा ११ को विज्ञान समूहको उत्तरपुस्तिका परीक्षणा भएको अनियमितताका बिरुद्धमा भएको संयुक्त रिले अनशन स्थलमा अखिल क्रान्तिकारी कास्कीले प्रगतिशील वाङ्मय प्रतिष्ठानसँग सहकार्य गरी रचना वाचन आयोजना गरेको छ ।

अखिल क्रान्तिकारी कास्की अध्यक्ष रामजीप्रसाद आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा सुजन आचार्य, दीपक मगर, प्रञ्जल, श्रीराम अधिकारी, समुद्र अधिकारी, सुवास पौडेल, शंकर आचार्य, रवि क्षेत्री, विकास गौतम, सन्तोष न्यौपाने, शरण विकलगायतले रचना सुनाएका थिए ।

कार्यक्रममा अखिल क्रान्तिकारी केन्द्रीय सचिव प्रविणा अधिकारी, बाबुराम पन्त, गणेश अधिकारी, मिलन राई, रेशम सापकोटा, क्षितिज सापकोटा, ओमप्रकाश बराल, त्रिदेब गुरुङ लगायतले शैक्षिक क्षेत्रमा भएको अनियमितता सुधार्न माग गरेका थिए ।