![](https://nepaldut.com/wp-content/uploads/2018/12/Manita-Dewakota-04122018115041-600x0.jpg)
नेपालकी मनिता देवकोटा मिस युनिभर्स २०१८ को टप १० मा पुगेकी छन्। नेपालको प्रतिनिधित्व गरिरहेकी देवकोटाले फडको मारेकी हुन ।
नेपालको प्रतिनिधित्व गरिरहेकी देवकोटा थाइल्याण्डको बैंककमा भइरहेको अन्तिम प्रतिस्पर्धामा यसअघि एसिया तथा अफ्रिका क्षेत्रका उत्कृष्ट पाँच प्रतिस्पर्धीमा पर्न सफल भएकी थिइन ।
अमेरिका, युरोप र एसिया प्यासिफिक तथा अफ्रिका गरी तीन महादेशका उत्कृष्ट ५ छनौट गरी १५ जना र ५ जना वाइल्ड कार्डमार्फत् गरी टप २० छनौट गरिएको थियो ।देवकोटा एसिया प्यासिफिक तथा अफ्रिकाका तर्फबाट तेस्रो नम्बरमा परेकी छन् ।
प्रतिस्पर्धीलाई आफ्नो बारेमा १५ सेकेण्डको मन्तब्य दिने अबसर दिइएको थियो । यही मन्तब्यका आधारमा टप १० प्रतिस्पर्धीको छनौट गरिएको हो ।