बझाङको सदरमुकाम चैनपुरमा विप्लवको जनप्रर्दशन

नेत्रविक्रम चन्द विप्लब नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टीले बझाङमा प्रदर्शन गरेका छन् । उनिहरुले सदरमुकाम चैनपुरमा नाराबाजी गर्दै खुलामंचमा आमसभा समेत गरेका छन ।

दुइतिहाइ बहुमत भएको कम्युनिष्ट सरकारले जनताका न्युनतम सवालहरु पनि सम्बोधन नगरेको भन्दै उनिहरुले विरोध प्रर्दशर्न गरेको बताएका छन । नाराजलुस पछि खुलामंचमा आयोजित आमसभालाई नेकपा विप्लवका पोलिट व्युरो सदस्य ओमप्रकास पुन र सेती अंञ्चल ब्युरो इन्र्चाज तथा पुर्व सभासद शंकर खड्काले सम्बोधन गरेका थिए ।

आसमभामा बोल्दै पोलिट व्युरो सदस्य ओमप्रकास पुनले वर्तमान सरकार दलालहरुको सेवक भएको आरोप लगाउदै जनताको हित विपरित काम गरिरहेको बताए ।

‘एउटा बलात्कार गरेर हत्या गरेकी बालिकाका आफन्तले न्याय माग्दा गोली हान्ने, पोष्टर टा“स्दा प्रहरी लगाएर च्यातेर फाल्ने सरकार कसरी जनताको सरकार हुन सक्छ रु’ उनले भने ‘दुइ तिहाईको दम्भ पालेर चटक देखाउन र प्रभु भक्ती गर्न मै यो सरकार रुमल्लिएको छ’ उनले सरकारले निर्मलाको हत्यारालाई चिनेको तर कारबाही गर्न नखोजेको जिकिर गरे ।

अर्को प्रसंगमा बोल्दै उनले बौद्धिक र प्रतिभावान व्यक्तीलाई श्रमिक, विद्यार्थी आदी बहानामा विदेश पठाएर देशलाई दिन दिनै परनिर्भता तर्फ धकेल्न सरकार नै अग्रसर भएको बताए ।

उनले स्थानिय सरकार संचालन गरिरहेका जनप्रतिनिधीहरुले जनता र गाउ“को विकासको लागि नभई शक्ती र पैसाको लागि राजनिति गरिरहेको आरोप समेत लगाए ।

‘गाउ“मा भ्रष्टाचार बेहिसाब बढेको छ । जनप्रतिनिधीहरु स्वेच्छाचारी भैरहेका छन’ उनले भने ‘यसलाई नियन्त्रण गर्ने सरकारी निकायहरु उल्टै गलत प्रवृतीको पक्षपोषणमा लागेका छन ।

यो देश सिध्याउने खेल जनताले हेरिरहन सक्दैनन’ उनले जनताहरु विगतको जस्तो अन्याय सहेर नबस्ने भन्दै जनप्रतिनिधीहरुका गलत क्रियाकलापको विरोध गरिने बताए ।

विप्लवले आयोजना गरेको उत्त आमसभामा जिल्ला स्तरका नेता कार्यकर्ताले भनाई राखेका थिए । उनिहरुले विभिन्न स्थानिय तहमा भएका अनियमितताको विरोध गरेका थिए । कायक्रममा सामना टोलीका कलाकारहरुले विभिन्न सा“स्कृतीक कार्यक्रम पनि प्रस्तुत गरेका थिए ।