सत्ताविना बाँच्नै नसक्ने चरित्र भएका राष्ट्रिय प्रजातन्त्र पार्टी(प्रजातान्त्रिक)का उपाध्यक्ष दीपक बोहरा उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरममा प्रवेश गर्न लागेका छन् । फोरमका एक नेताका अनुसार उनले उपेन्द्र यादवसँग धेरै पटक छलफल गरिसकेका छन् ।
राप्रपाबाट केही नेताहरुसहित फोरममा प्रवेश गर्नलागेका उनलाई उपाध्यक्षमै मनोनीत गर्ने गरी सहमति भएको उपेन्द्र यादवले पार्टीको बैठकमै ब्रिफिङ गरिसकेको ती नेताले बताएका छन् ।
राप्रपाका कुन कुन नेता फोरममा आउन लागेका हुन् भन्ने कुरा भने ती नेताले खुलाएका छैनन् । ४ बर्षसम्म सत्तारुढ पार्टीको नेताका रुपमा ठेक्का पट्टा र नियुक्तिमा सेटिङ गर्ने र ४ बर्षपछि पनि फोरम पुनः बलियो शक्तिका रुपमा आउने देखेकाले उनी राप्रपा त्याग्न लागेका हुन् ।
फोरममा प्रवेश गरिसकेपछि ४ बर्षपछि चुनावमा रुपन्देहीबाट जित्न पनि सकिने आंकलन उनले आफ्ना निकटहरुसँग भन्ने गरेका छन् । फोरम प्रवेश गर्न लागेकोबारेमा बोहरासँग प्रतिक्रिया लिन खोज्दा उनी सम्पर्कमा आएनन् ।
टुक्राटुक्रा भएको राप्रपा अब शक्तिमा पुनः आउन सक्ने संभावना नदेखेपछि बोहरा फोरममा प्रवेश गरी सरकारका नियुक्ति देखि ठेक्का पट्टाहरुमा चलखेल गर्ने दाउमा छन् । उनले शेरबहादुर देउवा नेतृत्वको सरकारमा स्वास्थ्य मन्त्री हुँदा नियुक्तिदेखि सरुवाहरुमा करोडौं रुपैयाँ घुस संकलन गरेको आरोप लागेको थियो ।