मन नमिल्दा श्रीमती पनि आफनो हुदैन भन्ने रौतहटको एक घटनाबाट प्रमाणित भएको छ । आफनै श्रीमतीले श्रीमानले बलत्कार गरेको भन्दै प्रहरीमा उजुरी गरेपछि एक पुरुष अहिले प्रहरीको खोरमा छन ।
जिल्लाको चन्द्रपुर नगरपालिका वाडं नं. ५ निवासी एक महिलाले आफ्नै श्रीमान बिरुद्धमा बलत्कार गरेको आरोपमा प्रहरीमा उजुरी दर्ता गराएपछि श्रीमान गत पुस १ गते देखी प्रहरीको खोरमा बस्न बाध्य छन ।
३३ बर्षिया महिलाले श्रीमान बिरुद्ध बलत्कारको आरोपमा मुद्धा दर्ता गराएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायब उपरिक्षक युवराज खडकाले जानकारी दिए ।
श्रीमानले आफ्नो ईच्छा विपरित गएको मंसिर २८ गते राती जवर्जस्ती करणी गरेको आरोप लगाउदै ती महिलाले इलाका प्रहरी कार्यालयमा उजुरी दर्ता गराएकी थिइन ।
उनीहरुको विवाह २०६१ सालमा भएको थियो । उनीहरुको ६ र १३ बर्षका दुइजना छोराहरु छन । पतिले मादकपदार्थ सेवनगरी कुटपिट गरी आफुलाई जवरजस्ति करणी गर्ने गरेकाले आफु बाध्य भएर कानुनी बाटो खोज्नु परेको महिलाको भनाइ रहेको छ ।
बैवाहीक सम्वन्ध कायम रहेको अवस्थामा पतिले पत्नीलाइ जवर्जस्ती करणी गरेमा पाँच बर्ष सम्म कैद हुने मुलुकी अपराध संहिता ऐन २०७४ मा उल्लेख छ ।
आरोपीत पुरुषलाइ पक्राउ गरी जिल्ला अदालतबाट १५ दिनको म्याद थपगरी अनुसन्धान भैरहेको प्रहरी नायब उपरिक्षक खड्काले जानकारी दिए ।