समाचार

सुन्तलाबाट नाफा कमाउन भण्डारण गृह

बागलुङ नगरपालिका–८ सिगानाका टोपबहादुर खड्काले आठ रोपनी क्षेत्रफलमा सुन्तला खेती गरी उत्पादन गरेको सुन्तला भण्डारण गृहमा राखेर चैत– वैशाखमा महङ्गोमा बिक्री गर्दै आएका छन् । तत्कालीन कृषि विकास मन्त्रालयको व्यावसायिक कृषि तथा व्यापार आयोजनाअन्र्तगतको व्यावसायिक सुन्तला उत्पादन सङ्कलन तथा भण्डारण उपआयोजना कार्यक्रमले प्रदान गरेको रु १० लाख अनुदानमा उनले भण्डारण गृह निर्माण गरेका हुन् ।  “अहिले सुन्तालाको बजार मूल्य प्रतिकिलो रु ६० पर्छ, दुई महीनापछि प्रतिकिलो रु १५० को दरले  … पुरा पढौ

सरकारले न्याय दिन सकेन : देउवा

प्रतिनिधिसभाको मंगलबारको बैठकमा उनले शान्तिसुरक्षा जताततै खल्बलिएकोे अवस्थाले मुलुकमा सरकार नरहेको अनुभूत भइरहेको आरोप लगाए । सभापति देउवाले भने, “शान्तिसुरक्षाको स्थिति के छ, सबैलाई थाहा छ, देशभर हत्या र बलत्कारको घटना भएका छन्, दोषीलाई लुकाउन खोजिएको छ, होइन भन्ने हत्यारा किन पत्ता लगाउन सकिएको छैन, कुनै व्यक्ति विशेषलाई जबर्जस्ती फसाउने काम भएको छ ।” प्रमुख प्रतिपक्ष दल नेपाली काङग्रेका सभापति शेरबहादुर देउवाले मुलुकमा शान्तिसुरक्षा र न्याय दिलाउने सवालमा सरकार असफल… पुरा पढौ

खर काट्न जाँदा बाघको आक्रमण

कञ्चनपुर जिल्लाको महाकाली नगरपालिका ४ की १९ वर्षीय अमृता सिंह ठकुरी बाघको आक्रमणबाट घाइते भएकी छन् । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा खर काट्न गएकी अमृतालाई मंगलबार साँझ बाघले आक्रमण गर्दा गरेको इलाका प्रहरी कार्यालय दोधाराका प्रहरी निरीक्षक चेतराम पनेरुले बताए । एक्कासि आएर बाघले झम्टिँदा अमृताको कम्मर, हात, खुट्टामा चोट लागेको छ । प्राथमिक स्वास्थ्य केन्द्र दोधारामा प्राथमिक उपचारपश्चात् उनलाई थप उपचारका लागि कैलालीको धनगढी लगिएको छ । पुरा पढौ

पहारी कुल संरक्षण समिति अध्यक्षमा गोविन्दराज

पहारी कुल संरक्षण समिति कास्कीमा गोविन्दराज पहारीको अध्यक्षतामा १९ सदस्यीय नयाँ समिति सर्वसम्मत चुनिएको छ । समितिको उपाध्यक्ष, सचिव, कोषाध्यक्ष र सहसचिवमा क्रमश दुर्गादेवी पहारी, जगतबहादुर पहारी, पर्शुराम पहारी र नारायण पहारी छन् । समितिका सदस्यमा ज्ञानेन्द्रप्रसाद, बासुदेव, बाबुराम, चित्रबहादुर, खेमबहादुर, गोविन्दबहादुर, टेक, महेश्वर, केशव, लोकराज, हरिकृष्ण, हेमा, सीता र पुष्पा घले पहारी छन् । सल्लाहकारमा प्रेमराज पहारी, रामराज, डा भरतराज, गुरुदत्त, नारायण, वेदराज, हरिकला र अनुषा पहारी छन् ।… पुरा पढौ

पूर्व सभापति शिव कुमारको निधन

जिल्ला विकास समिति स्याङ्जाका पहिलो सभापति शिव कुमार अधिकारीको निधन भएको छ । २०४९ सालमा स्याङ्जा जिल्लाको पहिलो जिविस सभापति भएका अधिकारी ब्रेन ट्युमरबाट ग्रसित थिए । प्रजातन्त्र सेनानी अधिकारीको मङ्गलबार काठँमाडौँमा ७८ वर्षको उमेरमा निधन भएको हो । २०१७ सालदेखि नेपाली राजनीतिमा सक्रिय रहेका अधिकारी पटक–पटक पक्राउ परी जेल जीवन बिताएका थिए । नेता अधिकारी नेपाली काङ्ग्रेसको महासमिति, महाधिवेशन प्रतिनिधि तथा काङ्ग्रेस स्याङ्जाको सचिव भएर राजनीतिमा क्रियाशिल थिए ।… पुरा पढौ

आफ्नै आमाले विष खुवाएपछि कान्छो छोराको मृत्यु , जेठोको अवस्था गम्भीर !

धनुषामा एक महिलाले दुई छोराहरुलाई विष खुवाई आफूले पनि विष सेवन गरेकी छिन् । धनुषाको लक्ष्मीनियाँ गाउँपालिका(१, सोनमाई खजुरी टोल बस्ने रविन्द्र यादवकी श्रीमती २४ वर्षकी रिना देवी यादवले आफ्ना दुई छोरालाई विष खुवाई आफूले पनि विष सेवन गरेकी हुन् । घरायसी विवादको कारण महिलाले दुई छोराहरुलाई विष खुवाई आफूले पनि विष सेवन गरेको बुझिएको छ । विष खुवाएका कारण कान्छो छोरा ३ वर्षका रितेशको ज्यान गएको छ भने जेठो… पुरा पढौ

दक्षिण कोरिया र उत्तर कोरियाबीचअभूतपूर्ण समारोह सम्पन्न

दक्षिण कोरिया र उत्तर कोरियाको सीमा क्षेत्रका इलाकाहरुमा आधुनिक रेलमार्ग र सडकहरुले जोड्न शुरु गरिएको एक अभूतपूर्व समारोह बुधबार सम्पन्न भएको छ । सो समारोह दक्षिण कोरियाको सीमा शहर केइसोङमा रहेको पानमुन स्टेशनबाट शुरु भएको छ । यस समारोहमा दक्षिण र उत्तर कोरिया गरी एकएक सय व्यक्तिको सहभागिता रहेको दक्षिण कोरियाली एकीकरण मन्त्रालयले जानकारी दिएको छ । गत सेम्टेम्बरमा दक्षिण कोरियाका राष्ट्रपति मुन जाए–इन र उत्तर कोरियाली उच्च नेता किम… पुरा पढौ

तमु ल्होसारमा सार्वजनिक विदा

गण्डकी प्रदेशमा गुरुङहरुले मनाउने साँस्कृतिक पर्व ल्होसारमा सार्वजनिक विदा हुने भएको छ । मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले तमुहरुको साँस्कृतिक पर्व ल्होसारमा सार्वजनिक विदा दिने घोषणा गरेका हुन् । लमजुङको घलेगाउँ स्मार्ट भिलेज शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै मुख्य मन्त्री गुरुङले सो घोषणा गरेका हुन् । संघिय सरकारले कम्तीमा ६ दिन विदा दिनको लागि प्रदेश सरकारलाई अनुमती दिएको उल्लेख गर्दै मुख्य मन्त्री गुरुङले तमुहरुको बाहुल्यता रहेको गण्डकी प्रदेशमा प्रदेश सरकारले विदा दिने बताए… पुरा पढौ

पाकिस्तानी सेनाको आक्रमणमा २ नेपालीको मृत्यु

भारतीय सेनामा कार्यरत २ नेपालीको पाकिस्तानी सेनाको आक्रमणमा ज्यान गएको छ । सुवेदार पदमा कार्यरत रुपन्देहीको तिलोत्तमा ९, तुलसीपुरका सुवेदारद्वय गमरबहादुर थापा र रमन थापाको भारतको कुपवाडा जिल्लामा मृत्यु भएको हो । शुक्रबार पाकिस्तानको स्नाइपर आक्रमणमा परेका उनीहरुलाई श्रीनगरस्थित ९२ बेस अस्पतालमा लैजाने मृत्यु भएको जनाइएको छ । ४२ वर्षीय गमरबहादुर सन् १९९३ मा २÷८ गोर्खा राइफल्समा भर्ती भएका थिए । उनका पत्नी र २ छोरा छन् । ३९ वर्षीय… पुरा पढौ

सडेकोअवस्थामा बच्चाको शव भेटियो

धरान उपमहानगरपालिका–५ स्थित सेउती खोलामा बनेको नयाँ पक्की पुलमुनि सडेको अवस्थामा बच्चाको शव फेला परेको छ । बर्कोले बेरेर फालेको अवस्थामा भेटिएको बच्चाको शव निकै अगाडी फालिएको सडेको अवस्थामा रहेको प्रहरीले जनाएको छ ।  शवलाई प्रहरी, चौकी पानवारी, वडाका जनप्रतिनिधि र बाँझगार सामुदायिक वन उपभोक्ता समुहका पदाधिकारीको उपस्थितिमा मुचुल्का उठाएर सोही ठाउँमा गाडिएको छ । इलाका प्रहरी कार्यालय धरानका डिएसपी सुमन तिम्सिनाले बच्चा निकै लामो समयदेखिको भएकाले पहिचान नखुलेको जंगली… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं