समाचार

कुखुराको खुट्टा भाँच्दा ४ दिन हिरासतमा !

कुखुराको खुट्टा भाँचेको अभियोगमा नेपालगञ्ज उपमहानगरपालिका–२१ बिर्ताका अकबाल खाँ चार दिनदेखि जिल्ला प्रहरी कार्यालयको हिरासतमा छन् । गत मङ्सिर २४ गते ढुङ्गाले हानेर कुखुराको खुट्टा भाँचिदिएको भन्दै कुखुरा लिएर जिल्ला प्रहरी कार्यालय बाँके पुगेर उनकै छिमेकी मोहम्मद रफिकले उजुरी दर्ता गराएका थिए । पटक–पटकको छलफलपछि पनि उनीहरूबीच कुरा मिल्न सकेको थिएन । प्रहरी कार्यालयमा भएको छलफलअनुसार मुद्दा दिने रफिकलाई कुखुराको मूल्य लिएर मिल्न र अकबाललाई कुखुराको मूल्य तिरेर लैजान सुझाव… पुरा पढौ

पत्रकार महासंघ नेतृत्व प्रत्यक्ष चुनावबाट

नेपाल पत्रकार महासंघले प्रत्यक्ष निर्वाचन नेतृत्व छान्ने भएको छ । यही पुस ४ र ५ गते विराटनगरमा सम्पन्न राष्ट्रिय सम्मेलनले महासंघलाई प्रत्यक्ष निर्वाचन प्रणालीमा लैजान निर्देशन दिएको छ । महासंघ केन्द्रीय समितिको ६ र ७ गते धनकुटामा भएको बैठकले सो निर्देशनलाई कार्यान्वयन लैजाने निर्णय गरेसँगै सो सम्बन्धमा मंगलबार सञ्चारसम्वद्ध संघ, संस्थाका प्रतिनिधिसँग छलफल भएको छ । कार्यक्रममा महासंघका अध्यक्ष गोविन्द आचार्यले पत्रकारको शुद्धीकरणका लागि महासंघले प्रत्यक्ष निर्वाचन प्रणाली अवलम्वन गर्न… पुरा पढौ

चितुवा मृत फेला

पुतलीबजार नगरपालीका १२ बगालेथोकमा सिद्धार्थ राजमार्गको छेउमा निगाले चितुवा मृत फेला परेको छ । स्थानीयल खबर गरेपछि प्रहरी र जिल्ला बनबाट खटिएको टोलीले मृत चितुवा निगाले जातको भएको पुष्टि भएको हो । चितुवाको टाउकोमा चोट छ । चितुवाको सवारी साधनले ठक्कर दिएकाले मृत्यु भएको हुनसक्ने अनुमान छ । पुरा पढौ

हिमपात र चिसोबाट जोगिन अनुरोध

मौसम परिवर्तनसंगै हिउदयाममा हुने उच्च हिमपात,हावाहुरी र चिसोबाट सचेत रहन जिल्ला प्रशासन कार्यालय मुस्ताङले आईतबार एक बिज्ञप्ती प्रकाशित गर्दै स्थानीयलाई सचेत गराएको छ । निमिक्त प्रमुख जिल्ला अधिकारी विशेधर रेग्मीद्धारा हस्ताक्षरित जारी बिज्ञप्तीमा हिउदयाममा हिमाली तथा उच्चपहाडी जिल्लाहरुमा हुने उच्च हिमपात र चिसो कारण जनजीवन कष्टकर हुने,हावाहुरीका कारण नागरिक बिरामी पर्ने र यिनैका कारण पदयात्री समेत संकटमा पर्ने जनाईएको छ ।गरिब,बिपन्न,अपर्याप्त पूर्व तैयारी आदीको कमीले चिसो र हिमपातको समस्या जटिल… पुरा पढौ

ओखलढुंगाका बाबुजा पोखरामा मृत फेल

पोखरा २६ विजयपुरमा एक मानिसको शव फेला परेको छ । ओखलढुंगाको बर्नालु घर भई पोखरा २६ खलतारा बस्ने बाबजुाको शव मंगलबार बिहान फेला परेको हो । सोमबारदेखि सम्पर्कविहीन बनेका श्रेष्ठको शव विजयपुर खोलाको किनारमा फेला परेको हो । प्रहरी नायब उपरीक्षक गोविन्द पुरीले खोला किनारमा पानीमा घोप्टो अवस्थामा शव भेटिएको बताए । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पुरा पढौ

राष्ट्रपति राजाजस्ता भए : संग्रौला

लेखक खगेन्द्र संग्रौलाले अहिलेको राज्य व्यवस्था पनि परम्पराका सबै लक्षण बोकेर हिडेकाले जनअपेक्षा पूरा नभएको बताएका छन् । उनले वर्तमान राष्ट्रपति पनि राजाजस्तै भएको टिप्पणी गरे । जनआन्दोलनपछि प्रविधिक गणतन्त्र आएको विचार राख्दै उनले अहिलेको राष्ट्रवाद नश्लवादी, गणतन्त्र र समाजवादविरोधी, असमावेशी, विभेदपूर्ण रहेको जिकिर गरे । कम्युनिस्ट पार्टीकी सदस्य राष्ट्रपति भएर पनि लालस देखाएको भन्दै उनले व्यंग्य गरे । उनले भने, ‘राष्ट्रपति पनि राजा जस्तै भइन् । नेपाल गरिबहरुको देश… पुरा पढौ

बेहुलीलाई कुटपिट गर्ने पाँच जना पक्राउ

तेह्रथुममा विवाह भइरहेको बेला बेहुलीलाई कुटपिट गर्ने पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । सोमबार राति साढे दश बजे विवाह भइरहेको फेदाप गाउँपालिका–३, जलजलेमा बेहुलीको घरमा स्थानीय युवाहरुको समूहले आक्रमण गरेको थियो । उनीहरुको कुटपिटबाट २२ वर्षीय बेहुली प्रतिक्षा सम्बाहाम्फे र अन्य ३ जना घाइते भएका छन् । प्रहरीले विवाहमा कुटपिट गर्ने वर्ष १९ का सरोज लिम्बु, वर्ष १४ का ओमन लिम्बु, वर्ष २१ का दिनेश लिम्बु, वर्ष १९ का… पुरा पढौ

वाइडबडी विमान :अयोग्य कम्पनीसँग सम्झौता गरेको पुष्टी

नेपाल वायुसेवा निगमले दुईवटा वाइडबडी विमान खरिदका लागि अयोग्य कम्पनीसँग सम्झौता गरेको भेटिएको छ । निगम, कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट प्राप्त कागजातअनुसार आफूसँग विमान भएको प्रमाण बिनै एएआर कर्पोरेसनसँग खरिद सम्झौता भएको देखिएको हो । ‘निगमले सार्वजनिक गरेको आशयपत्रमा आधारित भएर प्रस्ताव पेस गर्ने कम्पनीले कुनै न कुनै रूपमा आफूसँग विमान भएको सुनिश्चित गर्नुपर्ने हुन्छ । तर त्यस्तो कुनै प्रमाण बिनै प्रस्ताव पेस गरेको एएआर कर्पोरेसन छनोट… पुरा पढौ

चुरोट छोड्नका लागि यसरी पिँजडामा थुने टाउको

४२ वर्षका टिर्किस नागरिक इब्राहिम युसलको टाउको मात्र पिंजडामा थुनिएको छ। अचम्मको विषय त, उनीसँग त्यो पिजँडाको साँचो पनि छैन। उक्त साँचो उनकी श्रीमतीले राखेकी छन्। खाना खाने बेला मात्र पिजँडा खोल्ने गरिएको छ। आखिर किन? इब्राहिम युसल धुम्रपानका अम्मली हुन्। यही बानी छुटाउनको लागि उनले आफ्नो शिरमा पिजँडाले घेरेका हुन्। उनले धेरे प्रयास गर्दा पनि छोड्न नसके पछि शिरमा पिजँडा ढाकेर राखेका हुन्। उनलाई आफ्नो आत्मशक्तीमा विश्वास नलागेपछि यस… पुरा पढौ

असिनाले नझार्ने र बाँदर नलाग्ने, “मेकाडामिया नट” फलकाे खेती

दुःख गरेर लगाएको बाली बाँदरले खाइदिने र असिनाले झारिदिँदा आजित बन्ने गरेका कृषकलाई मेकाडामिया नट बरदान सावित हुँदै गएको छ। पछिल्ला वर्षमा नेपालका अधिकांश भू–भागमा बाँदर आतङ्क बढिरहेको र लगाइएका बाली असिनाले झार्ने बढ्दोक्रमसँगै कृषिप्रतिको अनिच्छाका कारण बाँझिएका जग्गामा कृषक यस खेतीतर्फ आकर्षित बनेका छन्। आयआर्जनको महत्वपूर्ण विकल्प हुने सम्भावनालाई दृष्टिगत गरी स्याङ्जाको पुतलीबजार नगरपालिका वडा नं २ भैँसेगौँडामा विसं २०७२ देखि नै सामूहिकरुपमा मेकाडामिया नटको खेती शुरु गरिएको छ… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं