
बिराटनगरर बिराटनगर जुटमिलका तत्कलीन अध्यक्ष बसन्त बनले उच्च अदालत बिराटनगरले दिएको आदेश पालना गर्न अटेर गरेको छन् ।
नेपालकै पहिलो उद्योगको रुपमा रहेको बिराटनगर जुटमिलमा यतिबेला ब्यक्तिको कब्जामा रहेको छ । सरकारको स्वामित्वम रहेको देशकै पुरानो उद्योग बिराटनगर जुटमिललाई बिचौलियाले कब्जामा लिए संगै उच्च अदालतले कुनै काम नगर्न निर्देशन दिएको भएपनी अहिले उद्योगमा मनपरी भइरहेको छ ।
बनले जुटमिल संञ्चालनमा ल्याएको भ्रम छरेर सरकारको आँखा छल्ने काम गरेको छ । महेश बस्नेत उद्योग मन्त्री हुँदा बिराटनगर जुटमिलमा निलहरी काफ्लेलाई नियूक्त गरेको थिए ।
संञ्चालन समितीको बैठक बसि सरकारको नाममा रहेको ४६ प्रतीशत सेयरको बित्री गरी ३३ प्रशिनमा झार्ने निर्णय समेत गरेको थियो । सोहि निर्णय पछि सरकारी कार्यालय हरुको समान सप्लाई तथा ठेक्का पटामा बिचौलिया बनेर धनि बन्दै गरेका बसन्त वन काफ्ले संग नजीकिएका हुन ।
कालान्तरमा संञ्चाक समितीले उनलाई अध्यक्ष समेत बनाएको थियो भने काफ्ले प्रवन्धक निर्देशक भएका थिए ।
५३ प्रतिशत सर्वसाधारणको र ४६ प्रतिशत भन्दा बढि सरकारको नाममा रहेको जुटमिल बिक्री गर्दा सरकार बाट अनुमति लिएको नपाएपछि गैरकानुनि मानिएको थियो ।
यसै बिचमा भएको अदालति प्रक्रिया बाट निबेदक बिाटनगर जुटमिल्सको हमा राजेन्द्र कार्किले दिको निवेदनले अन्गरीम आदेश समेत माग गरेको र निवेदक कम्पनीले बिपक्षी बसन्त वन लाई लेखेको पत्रबाट उनी संञ्चालक समितीको सदस्य र अध्यक्ष दुवै पदमा नगरहेको बिषयमा कुनै निर्णय नगर्न र नगराउन उच्च अदालतले निर्णय गरेको हो ।
तर अहिले उनले अफ्नो स्वार्थ पुर्तीका लागी बिराटनगर जुट मिलको आय हुने ठाउँहरुमा पावरको भरमा बैंकिङ खात संञ्चालन गरी रकमको कारोबार समेत गरेका छन् । झापा मा रहेको बिराटनगर जुटमिलको केहि घर बाट आउने भाडा बापतको रकम बिराटनगर जुटमिलको खातामा जम्मा भएतापनी हाल उक्त खातामा छैन ।