समाचार

श्रीमानलाई घुर्की लाउन आगो लाउँदा ज्यान गयो

सामान्य झगडा भएपछि श्रीमानलाई घुर्की लाउन शरीरमा आगो लगाउँदा १ महिलाको ज्यानै गएको छ । तनहुँको म्याग्दे गाउँपालिका २ जामुनेमा आइतबार राति ९ः३० बजे ३८ वर्षीया लीला रामदामको ज्यान गएको हो । आगलागीबाट घाइते रामदामको सोमबार बिहान पोखरास्थित गण्डकी मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब निरीक्षक मनोज पाण्डेले जानकारी दिए । आगो निभाउने क्रममा उनका श्रीमान् ३८ वर्षीय मुक्ति रामदामसमेत घाइते छन् । उनको पोखरास्थित गण्डकी… पुरा पढौ

पोखरा घुम्न आएका सुजनको भीरबाट लडेर मृत्यु

पोखरा घुम्न आएका १ युवकको भीरबाट अचानक खस्दा मृत्यु भएको छ । पोखरा १७ मा रहेको गोर्खा भिलेजबाट खस्दा नवलपरासीका सुजन गोलेको ज्यान गएको कास्की प्रहरीले जानकारी दिएको छ । गायन प्रतियोगितामा सहभागी हुन पोखरा आएका गोलेसँगै ३ जना घुम्न भिलेजमा गएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता गणेश सुवदीले जानकारी दिए । १७ वर्षीया गोलेलाई उपचारका लागि पोखरा स्वाथ्य विज्ञान प्रतिष्ठानमा लगिएपछि चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।… पुरा पढौ

घरपझोङका किसानलाई स्याउ बगैचामै तालिम

मुस्ताङको ५ स्थानीयतह मध्ये स्याउ उत्पादनले पहिलो मानिएको घरपझोङ गाउपालिकाका स्थानीय किसानलाई सोमबार स्याउ बगैचामै कटिङ तथा स्याउ खेति संम्वन्धि एक दिने तालिम दिईएको छ ।वर्षेनी हिउदयामको पुस देखि माध २ महिना यहाका किसानले आ–आफ्नो बगैचामा स्याउ कटिङ गर्ने चलन छ । स्याउ बिरुवा रोपेको दोश्रो वर्ष देखि र फल लाग्ने स्याउ बोटहरुको पात पूर्ण रुपमा झरिसकेपछि स्याउ बोटको हागाहरु कटिङ गर्ने गरिन्छ ।हिउदयामको यही समयमा स्याउ बोटको पातहरु झर्ने… पुरा पढौ

पुस १५ देखि प्रदेशबाटै श्रम स्वीकृति

श्रम तथा रोजगार मन्त्रालयले पुस १५ गतेदेखि प्रदेश मातहतमै श्रम स्वीकृतिको सुविधा दिने तयारी थालेको छ । मन्त्रालयले एक पटक विदेशबाट आएकाको हकमा ७ वटै प्रदेश मातहतको श्रम कार्यालयबाटै पुनःश्रम स्वीकृति दिने निर्णय गरेको थियो । मन्त्रालयको निर्णय बमोजिम पुुस १५ देखि सेवा सुरु हुनुपर्नेमा प्रदेश–२ को श्रम कार्यालयमा तयारी देखिएको छैन । मन्त्रालयले श्रम स्वीकृतिका लागि तय गरेको दरबन्दी बमोजिमका कर्मचारीसमेत कार्यालयमा आइपुगेका छैनन् । सेवा सुरु गर्न उपसचिवसहित… पुरा पढौ

डिस होमबाटै इन्टरनेट चल्ने भयो

 नेपालको एकमात्र स्याटेलाइट प्रविधिमा आधारित डिटिएच, डिस होम नेपाल कम्पनीले इन्टरनेट सेवा पनि प्रदान गर्ने तयारी गरिरहेको जनाएको छ । डिटिएच टेलिभिजन च्यानल हेर्न सजिलो बनाउने आधुनिक प्रविधियुक्त सेवा हो र यसले टेलिभिजन ‘सिग्नल’ लाई नागरिकको घरघरमा रहेका टेलिभिजन सेटसम्म सफा र राम्रोसँग हेर्न मिल्ने गरी सेवा प्रदान गर्दछ । पैसा तिरेर सेवा लिन सकिने डिस होम नेपालले नेपालको ‘पे टिभी’ उद्योगका रुपमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै नौ वर्षदेखि नेपालमा… पुरा पढौ

चार किसिमका सिमेन्ट खरिद बिक्रीमा रोक

नेपाल गुणस्तर तथा नापतौल विभागले होङ्सी, शुभश्री जगदम्बा र गणपति सिमेन्ट खरिद–बिक्रीमा रोक लगाएको छ । गुणस्तरहीन सिमेन्ट बिक्री गरी उपभोक्ता ठगी गरेको र भवन जोखिममा पार्ने काम गरेको भन्दै बिक्री वितरणमा रोक लगाइएको हो । विभागले होङ्सी, शुभश्री जगदम्बा र गणपति सिमेन्ट बजारबाट फिर्ता गर्न सञ्चालकलाई पत्राचार समेत गरिसकेको छ । उपभोक्ताहरुले सिमेन्टबाट आफूहरु ठगिएको उजुरी गरेपछि कारबाही थालिएको र अध्ययनका क्रममा सिमेन्टमा जोखिमयुक्त म्याग्नेसियमको मात्रा अत्यधिक बढी भेटिएको… पुरा पढौ

निर्मला पन्तको हत्यारा पत्ता लगाउन राष्ट्रसंघलाई आग्रह

कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यारा पत्ता लगाउन पहल गरिदिन संयुक्त राष्ट्र संघलाई पनि आग्रह गरिएको छ । ५ महिना बित्न लाग्दा समेत सरकारले निर्मला पन्तको हत्यारालाई पत्ता लगाई कारबाही गर्न नसकेपछि त्रिभुवन विश्वविद्यालयका विद्यार्थीहरुले हत्यारा पत्ता लगाई दिन आग्रह गर्दै संकलन गरिएको हस्ताक्षर सोमबार ललितपुुरको पुल्चोकमा रहेको संयुक्त राष्ट्र संघको कार्यालयमा बुझाएका हुन् ।  यसअघि उनीहरुले माइतीघर मण्डलामा जम्मा भएर निर्मला पन्तको न्यायको निम्ति आवाज बुलन्द गरिदिन आह्वान… पुरा पढौ

न्यून गुणस्तरीय दूध बेच्नेँ लाई पाँच वर्ष जेल

 मानव स्वास्थ्यमा गम्भीर असर पार्नेगरी न्यून गुणस्तरीय दूध बेचे पाँच वर्ष जेल सजाय र ५० हजार रुपैयाँसम्म जरिवाना हुने भएको छ। सरकारले दूध उत्पादक तथा बिक्रेतलाई जवाफदेही बनाउँदै उपभोक्तालाई स्वच्छ दूध उपलब्ध गराउने उद्देश्यले दूध मापदण्ड कार्यान्वयनमा ल्याएको छ । खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण विभागले दूधको नयाँ मापदण्ड तयार गर्दै ‘दुग्ध पदार्थमा स्वच्छता एवं गुणस्तरसम्बन्धी निर्देशिका, २०७५’ कार्यान्वयनमा ल्याएको छ। मापदण्ड उल्लंघन गरी दूध बेच्नेलाई निर्देशिका र खाद्य ऐनअनुसार… पुरा पढौ

२० स्वर्ण र दुई रजत हात पार्दै :खेलाडीहरु

भारतको मुम्बइमा यही ७ र ८ गते सम्पन्न एशिया कप चौथो अन्तर्राष्ट्रिय कराँते च्याम्पियनशीपमा नेपाल च्याम्पियन बनेको छ ।  प्रतियोगितामा नेपाल खेलकूद विज्ञान प्रतिष्ठानको टोली काता र कुमेततर्फ गरी २० स्वर्ण र दुई रजत हात पार्दै टिम च्याम्पियन बन्न सफल भएको नेपाल खेलकूद विज्ञान प्रतिष्ठानका निर्देशक नवीन उप्रेतीले जानकारी दिए ।  नेपाल खेलकूद विज्ञान प्रतिष्ठान (सान)ले जुनियर खेलाडीलाई अन्तर्राष्ट्रिय प्रतियोगितामा अनुभव दिलाउने उद्देश्यले सहभागिता गराएको प्रतियोगितामा सोनिम मानन्धरले तीन स्वर्ण… पुरा पढौ

राणा खलकको सम्धी बने जर्नादन शर्मा

नेकपाका नेता जनार्दन शर्मा ‘प्रभाकर’को नाता सम्बन्ध अब नेपालको कुलीन घराना मानिने राणा परिवारसँग गाँसिएको छ । उनकी छोरी कविता शर्माले चितवनका आलोकप्रताप राणासँग बिहे गरेपछि प्रभाकर अब राणा परिवारका सम्धी बनेका छन् । कविता र आलोकले अमेरिकामा बिहे गरेका छन् । बिहेमा दुवै परिवारका अभिभावक सहभागी भए । जनार्दन नेकपाको स्थायी कमिटीको बैठक छाडेर छोरीको बिहेमा सहभागी हुन अमेरिका पुगेका छन् । कविता-आलोक सम्बन्ध कविता र आलोकको चिनजान कलेज… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं