१८ घन्टासम्म हिमपात:मनाङ

चिसो बढेँपछि मनाङमा हिमपात शुरु भएको छ । बिहीबार दिउँसदेखि हिउँ पर्न थालेको छ । जिल्लाको माथिल्लो भेग खांसार, भीमताङ, गुवाल,मनाङ गाउँ लगायत ठाउँमा बाक्लो हिउँ परेको छ ।

अन्य भूभागमा भने पातलोे हिउँ परेको छ । लामो समय सम्म आकाशमा बादल लाग्नुका कारण तापक्रम पनि एकदमै घटेको छ ।

प्रमुख जिल्ला अधिकारी रुद्रनाथ देवकोटाले भने, “बिहीबार बिहान देखि यहाँको मौसममा खराबी देखिएको छ । हिमालको वरिपरि कालो बादल लागेको र हावाहुरी आउनाका साथै हिमपात भएर तापक्रम पनि माइनस २० डिग्री सेल्सियस पुगेको छ ।”

हिजो दिउँसो करीब १ बजेबाट शुरु भएको हिमपात बिहान ७ बजे रोकिएको छ। माथिल्लो मनाङका गोरे गुरुङले बताए । हिमपातले जन मानसमा कुनै असर भने गरेको छैन तर चिसो भने बढेको छ । अहिले भने हिमपात रोकिएको छ ।

झन्डै १८ घण्टासम्म निरन्तर हिमपात भएको थियो । र भोलिबाट मौसममा सुधार आउने सम्भाबना देखिन्छ।