गण्डकी प्रदेशमा ल्होसारमा बिदा

गण्डकी प्रदेश सरकारले तमु ल्होसारका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । पुस १५ गते आइतबार सार्वजनिक बिदा दिने गण्डकी प्रदेश सरकारले निर्णय गरेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव फणीन्द्रमणि पोखरेलले बताए ।


विभिन्न जातजातिले मनाउने पर्व बिदा कटौती भएपछि जातीय समुदायले असन्तुष्टि जनाउँदै आएका थिए । आन्तरिक मामिला तथा कानुन मन्त्रालयको विज्ञप्तिमा सबै सरकारी तथा सार्वजनिक कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानमा बिदा दिइने जनाइएको छ ।