खाद्यसंस्थान मुस्ताङ शाखामा पोल्टीफार्मको कारखाना

नेपाल खाद्य संस्थान मुस्ताङ शाखाको गोदाममा पोल्टीफर्मको दुर्गन्ध फैलिएको छ ।शाखाको खाली रहेको जग्गामा एक व्यवसायीले पोल्टीफर्म संञ्चालन गरेपछि कार्यालय परिसर दुर्गन्धित बनेको हो ।


सर्वसाधारणले दैनिक खाद्य उपभोग्य बस्तु खरिद गर्न आउने कार्यालयमा कुखुरा पाल्ने कारखाना संञ्चालन भएपछि वरपरको वातावरण समेत प्रदुषणयूक्त भएको त्याहा कार्यरत कर्मचारीहरुको भनाई छ ।खाद्यका तत्कालिन कार्यालय प्रमूख तिर्थराज खनियाको कार्यकालमा शाखाको करिव १२ रोपनी जग्गा मध्ये एक चौथाई जसो जग्गा व्यक्तिका नाममा लिजमा दिईएको हो ।खनियाले उक्त जग्गा जोमसोमका व्यवसायी पौडेल सप्लायर्सलाई मनोमानी ढंगले लिजमा दिईएको खुल्न आएको छ ।

०७१ सालमा लिजमा जग्गा प्राप्त गरेका पौडेलले खाद्य संस्थानभित्र वातावरणनै प्रदुषित हुने किसिमले कुखुरा उत्पादन गर्ने पोल्टी फर्म कारखाना संञ्चालन गरेका हुन्् । उनको जग्गा संम्झौता आगामी फागुन मशान्तमा सकिदै छ ।यसअघि उनले खर्च किफायत गर्ने उद्देश्यले तत्कालिन कार्यालय प्रमुख खनिया संगको मिलेमतोमा खाद्य संस्थानको गोदाम भवनलाईनै जोडेर ब्लकसहितको ५ सय बढी कुखुरा अट््ने संरचना तयार गरेका हुन्् ।यसका अलावा अर्को कुखुरा काट््ने र पानी तताउन टिनको कटेज बनाईएको छ,भने,सस्थानको १ चौथाई जमिनमा तरकारी खेति समेत गरेको पाईएको छ ।


खाद्यको कार्यालयमा आउने सेवाग्राहीलाई कुखुराको सुली गन्हाएर मुख थुन्दैै खाद्यान्न खरिद गर्नुपर्ने बाध्यता रहेको खाद्यका प्रशासन सहायक बिनोद पौडेलले दुखेसो छ ।उनका अनुसार लिजमा लिएको पौडेल सप्लायर्सले पोल्टी फर्मका साथै खाद्य संस्थानको डिउटीमा बस्ने चौकीदार भवनलाई समेत कुखुराको दाना राख्ने गोदामको रुपमा प्रयोग गर्दै आईरहेको खुलाए ।उनले संस्थानको हितमा हुनेगरी कार्यालयलाई चाहिने भन्दा बेशी जग्गा वा भवन आदी संरचना संस्थानको ऐन अनुसार लिजमा दिन पाउने व्यवस्था रहेको सुनाए ।

‘लिजमा लिन वा दिन पाईन्छ,तर जग्गा वा भवन लिजमा दिनुअघि संस्थाको हितमा हुनुपर्छ ।तर,कार्यालय परिसरमा पोल्टी फर्म संञ्चालन हुनु संस्थाको हितमा छैन ,यसलाई तुरुन्त हटाउन आवश्यक छ ।’प्रशासन सहायक पौडेलले भने ।


यता,खाद्य सस्थान मुस्ताङ शाखाको जग्गा लिजमा प्राप्त गरेका पौडेल सप्लायर्सका प्रोपाईटर धर्मदत्त पौडेलले आफुले शाखाले खुलाएको टेन्टर बमोजिम कुखुरा फर्म संञ्चालन गरेको स्पष्ट पारे ।उनले पोल्टीफर्मको जग्गा मासिक ३ हजार र चौकिदार क्वाटर मासिक २२ सयमा लिजमा लिएको बताए ।वार्षिक २ वर्षका लागि जग्गा लिजमा लिएको एक पटक रिन्यू भएको खुलाए ।उनले संम्झौता अवधि सकिन लागेको र पुन टेन्डर नभए संरचना हटाउने उल्लेख गरे ।खाद्यका प्रशासन सहायक बिनोद पौडेलले अब संस्थाको नाममा खाद्यको जग्गा लिजमा दिन नहुने बताए ।

‘फर्मबाट निस्किएको दर्गन्धले आजित छौ ,खाद्यको गोदाममा मुसा दौडिएका छन्् ।खाली जमिनमा लिजका व्यक्तिको राज छ ।’उनले भने ।


त्यसो त खाद्य संस्थानको गतिविधि मुस्ताङमा सुन्यप्राय छ ।२०३१ सालमा मुस्ताङमा खाद्य संस्थानको शाखा बिस्तार भएको हो ।अधिकृत पाचौ,अधिकृत छैटौ र एक कार्यालय सहयोगीसहित ३ जनाको दरबन्दी रहेको शाखामा कुनैबेला सेवाग्राहीको भीडले यहाका कर्मचारीलाई सेवाप्रवाह गर्न भ्याईनभ्याई हुन्थ्यो ।हिमाली जिल्ला मुस्ताङमा सडक संञ्जालले नजोडिदा खाद्य संस्थान लगायत यहाका स्थानीयले घोडा खच्चडबाट खाद्यान्न ढुवानी गथ्र्ये । उ समय खाद्यले टोकन उपलब्ध गराएर रासन बितरण गथ्र्यो ।तर,समय फेरिएको छ ।

कुनैबेला खाद्यान्न बितरण गर्न भ्याई नभ्र्याई हुने कार्यालयमा यतिबेला सेवाग्राही विहिन अवस्थामा छ ।पछिल्लो समय यातायातको संञ्चालन बिस्तार भएपछि सेवाग्राही न्यून भएको खाद्यका प्रशासन सहायक पौडेलको भनाई छ ।खाद्य शाखा मुस्ताङले वर्षेनी १५ क्वीन्टल चामल आयात गर्छ ।जसमा जिरा मसिना,सोना मन्सुली र बंगलादेशी उसिना छन्् ।करिव १३ हजार जनसंख्या भएको मुस्ताङ शाखामा खाद्यले दैनिक १ क्वीन्टल चामल बिक्री गर्न मुश्किल पर्ने उनले खुलाए ।


धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा कमजोर आयश्रोत भएका व्यक्तिको कमाई पनि राम्रो भएकाले खाद्यले बितरण गर्ने रासन छोडेर किराना पसलको आर्कषण बढेको हो ।प्रशासन सहायक पौडेलले खाद्यले बितरण गर्ने रासन गुणस्तरको भएको दावी गरे।जनतालाई खाद्यको गुणस्तरबारे बुझाउन जरुरी भएको उल्लेख गरे ।

खाद्यले ३ प्रकारका चामलका अलावा गहुको समेत कारोबार गर्ने पौडेलले जानकारी दिए ।तर,खाद्य संस्थानको मुस्ताङ शाखामा रासन खरिद गर्ने अधिकाँश सेवाग्राहीले भने घरेलु मदिरा र कुखुराको दानाको लागि मात्र रासन खरिद गर्ने गरेको पाईएको छ ।

खाद्यको रासन गुणस्तरहिन हुने स्थानीयवासीको सोच कारण यहाका स्थानीय सेवाग्राहीले खाद्य संस्थानको शाखामा धाउन छोडेको सरोकारवालाहरु बताउछन्् ।