समाचार

हिमपात र चिसोबाट जोगिन अनुरोध

मौसम परिवर्तनसंगै हिउदयाममा हुने उच्च हिमपात,हावाहुरी र चिसोबाट सचेत रहन जिल्ला प्रशासन कार्यालय मुस्ताङले आईतबार एक बिज्ञप्ती प्रकाशित गर्दै स्थानीयलाई सचेत गराएको छ । निमिक्त प्रमुख जिल्ला अधिकारी विशेधर रेग्मीद्धारा हस्ताक्षरित जारी बिज्ञप्तीमा हिउदयाममा हिमाली तथा उच्चपहाडी जिल्लाहरुमा हुने उच्च हिमपात र चिसो कारण जनजीवन कष्टकर हुने,हावाहुरीका कारण नागरिक बिरामी पर्ने र यिनैका कारण पदयात्री समेत संकटमा पर्ने जनाईएको छ ।गरिब,बिपन्न,अपर्याप्त पूर्व तैयारी आदीको कमीले चिसो र हिमपातको समस्या जटिल… पुरा पढौ

ओखलढुंगाका बाबुजा पोखरामा मृत फेल

पोखरा २६ विजयपुरमा एक मानिसको शव फेला परेको छ । ओखलढुंगाको बर्नालु घर भई पोखरा २६ खलतारा बस्ने बाबजुाको शव मंगलबार बिहान फेला परेको हो । सोमबारदेखि सम्पर्कविहीन बनेका श्रेष्ठको शव विजयपुर खोलाको किनारमा फेला परेको हो । प्रहरी नायब उपरीक्षक गोविन्द पुरीले खोला किनारमा पानीमा घोप्टो अवस्थामा शव भेटिएको बताए । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पुरा पढौ

राष्ट्रपति राजाजस्ता भए : संग्रौला

लेखक खगेन्द्र संग्रौलाले अहिलेको राज्य व्यवस्था पनि परम्पराका सबै लक्षण बोकेर हिडेकाले जनअपेक्षा पूरा नभएको बताएका छन् । उनले वर्तमान राष्ट्रपति पनि राजाजस्तै भएको टिप्पणी गरे । जनआन्दोलनपछि प्रविधिक गणतन्त्र आएको विचार राख्दै उनले अहिलेको राष्ट्रवाद नश्लवादी, गणतन्त्र र समाजवादविरोधी, असमावेशी, विभेदपूर्ण रहेको जिकिर गरे । कम्युनिस्ट पार्टीकी सदस्य राष्ट्रपति भएर पनि लालस देखाएको भन्दै उनले व्यंग्य गरे । उनले भने, ‘राष्ट्रपति पनि राजा जस्तै भइन् । नेपाल गरिबहरुको देश… पुरा पढौ

बेहुलीलाई कुटपिट गर्ने पाँच जना पक्राउ

तेह्रथुममा विवाह भइरहेको बेला बेहुलीलाई कुटपिट गर्ने पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । सोमबार राति साढे दश बजे विवाह भइरहेको फेदाप गाउँपालिका–३, जलजलेमा बेहुलीको घरमा स्थानीय युवाहरुको समूहले आक्रमण गरेको थियो । उनीहरुको कुटपिटबाट २२ वर्षीय बेहुली प्रतिक्षा सम्बाहाम्फे र अन्य ३ जना घाइते भएका छन् । प्रहरीले विवाहमा कुटपिट गर्ने वर्ष १९ का सरोज लिम्बु, वर्ष १४ का ओमन लिम्बु, वर्ष २१ का दिनेश लिम्बु, वर्ष १९ का… पुरा पढौ

वाइडबडी विमान :अयोग्य कम्पनीसँग सम्झौता गरेको पुष्टी

नेपाल वायुसेवा निगमले दुईवटा वाइडबडी विमान खरिदका लागि अयोग्य कम्पनीसँग सम्झौता गरेको भेटिएको छ । निगम, कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट प्राप्त कागजातअनुसार आफूसँग विमान भएको प्रमाण बिनै एएआर कर्पोरेसनसँग खरिद सम्झौता भएको देखिएको हो । ‘निगमले सार्वजनिक गरेको आशयपत्रमा आधारित भएर प्रस्ताव पेस गर्ने कम्पनीले कुनै न कुनै रूपमा आफूसँग विमान भएको सुनिश्चित गर्नुपर्ने हुन्छ । तर त्यस्तो कुनै प्रमाण बिनै प्रस्ताव पेस गरेको एएआर कर्पोरेसन छनोट… पुरा पढौ

चुरोट छोड्नका लागि यसरी पिँजडामा थुने टाउको

४२ वर्षका टिर्किस नागरिक इब्राहिम युसलको टाउको मात्र पिंजडामा थुनिएको छ। अचम्मको विषय त, उनीसँग त्यो पिजँडाको साँचो पनि छैन। उक्त साँचो उनकी श्रीमतीले राखेकी छन्। खाना खाने बेला मात्र पिजँडा खोल्ने गरिएको छ। आखिर किन? इब्राहिम युसल धुम्रपानका अम्मली हुन्। यही बानी छुटाउनको लागि उनले आफ्नो शिरमा पिजँडाले घेरेका हुन्। उनले धेरे प्रयास गर्दा पनि छोड्न नसके पछि शिरमा पिजँडा ढाकेर राखेका हुन्। उनलाई आफ्नो आत्मशक्तीमा विश्वास नलागेपछि यस… पुरा पढौ

असिनाले नझार्ने र बाँदर नलाग्ने, “मेकाडामिया नट” फलकाे खेती

दुःख गरेर लगाएको बाली बाँदरले खाइदिने र असिनाले झारिदिँदा आजित बन्ने गरेका कृषकलाई मेकाडामिया नट बरदान सावित हुँदै गएको छ। पछिल्ला वर्षमा नेपालका अधिकांश भू–भागमा बाँदर आतङ्क बढिरहेको र लगाइएका बाली असिनाले झार्ने बढ्दोक्रमसँगै कृषिप्रतिको अनिच्छाका कारण बाँझिएका जग्गामा कृषक यस खेतीतर्फ आकर्षित बनेका छन्। आयआर्जनको महत्वपूर्ण विकल्प हुने सम्भावनालाई दृष्टिगत गरी स्याङ्जाको पुतलीबजार नगरपालिका वडा नं २ भैँसेगौँडामा विसं २०७२ देखि नै सामूहिकरुपमा मेकाडामिया नटको खेती शुरु गरिएको छ… पुरा पढौ

सार्वजनिक जग्गामा बनेका छाप्रा भत्काइयो

पोखरा महानगरपालिका १८ ले सार्वजनिक जग्गामा बनाइएको संरचना सोमबार भत्काएको छ । वडा १८ स्थित हरे डाँडाको सार्वजनिक जग्गामा बनाइएको संरचना हटाइएको हो । हरे डाँडा सामुदायिक वनको २ रोपनी जग्गामा हर्कबहादुर ढकालले तारबार गर्दै संरचना निर्माण गरेपछि वडाध्यक्ष रणबहादुर थापाले नगर प्रहरी लगाएर त्यहाँ बनाइएको संरचना र तारबार हटाएका हुन् । नगर प्रहरी, पत्रकार लगायतको टोली लिएर वडा अध्यक्ष नै सार्वजनिक जग्गामा बनाइएको संरचना भत्काउन पुगेका थिए । सार्वजनिक… पुरा पढौ

नेकपाभित्र बदलियो समीकरण, कुन नेता कसको पक्षमा ?

सत्तारुढ दल नेपाल कम्युनिष्ट (नेकपा) को स्थायी समिति बैठक राजनीतिक प्रतिवेदनमा सहमति खोज्न तीन दिन पर धकेलिएको छ । गत २९ मंसिरबाट शुरु भएको बैठकमा शीर्ष नेताहरूकै मत बाझिएपछि सहमतिको प्रयासमा बैठक स्थगित गरिएको हो । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ । सचिवालयका नेताहरूमध्ये राजनीतिक प्रतिवेदनमा अध्यक्षद्वय ओली र प्रचण्ड, महासचिव विष्णु पौडेल र सदस्य ईश्वर पोखरेल एउटा कित्तामा उभिएका छन् भने वरिष्ठ नेताद्वय माधवकुमार नेपाल, झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ… पुरा पढौ

वडा सदस्यको तस्करी पत्ता लगाउन कार्यदल

रुपा गाउँपालिका ७, कुनाको मुखको मादीखोलाबाट नदीजन्य पदार्थ तस्करीबारे छानबिन गर्न रुपा गाउँपालिकाले कार्यदल गठन गरेको छ । ५ सदस्यीय कार्यदलको अध्यक्षमा वडा ६ वडाध्यक्ष नारायण गुरुङ, सदस्यमा वडा नम्बर ३ का वडाध्यक्ष रामजी अधिकारी, वडा नम्बर १ का वडाध्यक्ष दीपककुमार आले, गाउँपालिकाका प्राविधिक प्रमुख वीरेन्द्र तिवारी र खरिद शाखा प्रमुख रामचन्द्र पौडेल छन् । कार्यदलले १५ दिनको म्याद पाएको छ । त्यसैले बुझाएको प्रतिवेदनका आधारमा प्रक्रिया अघि बढ्ने अध्यक्ष… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं