नवौं संस्करणको पोखरा महोत्सवलाई सफल बनाउन पोखराका वस्तुगत संघ संस्थाले सहयोग गर्ने भएका छन् । युनाइटेड क्लबको आयोजनामा पुसको २७ देखि माघको ८ गतेसम्म अमरसिंह माविको खेल मैदानमा हुने महोत्सवमा ३४ वस्तुगत संघ संस्थाले सहयोग जनाएका छन् ।
शनिबार युनाइटेड क्लबको कार्यालयमा सम्पन्न छलफलमा बुद्ध विशाल बजार व्यवसायी संघका अध्यक्ष केशव बहादुर खत्री, प्याब्सन कास्कीका वरिष्ठ उपाध्यक्ष मथुराप्रसाद पौडेल,
खुद्रा तथा किराना व्यवसायी संघका अध्यक्ष चूडामणि आचार्य, पोखरा इलेक्ट्रिकल एसोसियसनका अध्यक्ष राजेन्द्रबहादुर कार्की लगायतले सहयोगको प्रतिबद्धता व्यक्त गरे ।
युनाइटेड क्लबका संस्थापक अध्यक्ष हिमालय बख्रेलले पोखरा महोत्सव नवौं संस्करण सम्म आइपुग्नुमा पोखराका व्यवसायी संघ संस्थाको मुख्य भूमिका भएको बताउँदै पोखरेलीको मायाले नै युनाइटेड क्लब अघि बढेको स्पष्ट पारे ।
पोखरा महोत्सव ब्यानर व्यवस्थापन उपसमिति संयोजक पूर्ण श्रेष्ठको संयोजकत्वमा भएको कार्यक्रममा क्लबका अध्यक्ष लालकाजी गुरुङ, सचिव सूर्य बानिया, महासचिव तथा महोत्सव प्रचारप्रसार संयोजक शान्तबहादुर थापा लगायतले महोत्सवबारे बोलेका थिए ।