हिउदयामको सास्ती’ उच्चलेंकका याकचौरी बेसी झारियो

मुस्ताङको थासाङ गाउपालिका वडा नम्बर १ टुकुचेका स्थानीय याक पालक व्यवसायी धनबहादुर गुरुङको २०७१ सालको हिम पहिरोले ५५ याक मध्ये २४ याक मरे ।हिमपहिरो जाने सिजनमा बेशी झार्न ढिलाई हुदा उनको याक हिमपहिरोले पुरिएको हो ।


हिउदयामको समयमा उच्चलेंकखर्कमा पालन गरिएका याक तथा चौरीको बथानलाई भारी हिमपातले दुख दिने गर्छ ।तर गएका ४ वर्ष यता मुस्ताङमा हिमपहिरो गएको छैन ।लेंकका डाडाकाढामा अत्यधिक हावारीहुरी चल्ने र हिमपात हुने गर्दा हिमपहिरोको संम्भावन बढी रहन्छ ।पछिल्लो समय मौसम अनुकुलको हिउ नपरेपनि यहाका याकपालक व्यवसायीलाई भने हिम पहिरोकै चिन्ताले सताउछ ।


४ वर्षअघि मुस्ताङमा भारी हिमपात प¥यो ।डाडाकाढा सेताम्मे थिए,सडक अवरुद्ध बन्यो ।त्यस समय गुरुङले पालेका दुई दर्जन याक हिउमै पुरिदा उनलाई करिव २० लाख बढीको नोक्सान भयो ।विगतको हिमपात स्मरण गर्दै गुरुङले भने,‘हेर्दा हेदै दुख र मेहनतले हुर्काईएका याक हिमपहिरोले खायो ।पछिल्लो वर्ष उस्तो हिउ पर्दैन ,तैपनी कति बेला के हुन्छ भन्नैै सकिन्न ।’पछिल्ला वर्षहरुमा हिउ पर्नु अगावै गाउबेशी नजिकैको खर्कमा स्थान्तरण गर्ने गरेको छु ,गुरुङले भने ।तर, दैवी प्रकोप राहतकोषबाट कुनै सहयोग नपाएको उनको गुनासो छ ।उनले उच्चलेंकमा भएका याक हिउदयामको हिमपहिरो जोखिमबाट बच्न पूर्व सतर्कता अपनाउन थालेको सुनाए ।

‘हिमपातको वर्ष याकहरु बेशी झार्न ढिला गरियो।त्यही वर्ष हिउको मुस्लै झरेर हुर्काईएका याक तथा चौरी पुरिएर मरे’उनले विगतको घटना सम्झदै भने,‘जस्को क्षति भयो, सक्कियो।’ विगतमा भएको क्षति अन्य याक पालक किसानले समेत नपाएको उनले खुलाए ।


थासाङ गाउपालिका अन्र्तगतको टुकुचे र कोवाङ ,खन्ती र लार्जुङका याक पालक व्यवसायीले वर्षौ देखि परम्परागत रुपमा याक पालन गर्दै आईरहेका छन्् ।वडा नम्बर २ का स्थानीयले धौलागिरी याक पालक व्यवसायी समिति गठन गरेर संस्थागत रुपमा अघि बढाएका हुन्् । उनीहरुको समून्द्री सतहदेखि ८ हजार १ सय ६७ मिटर अग्लो उचाईमा अवस्थित धौलागिरी हिमालको मुलीखर्क फेदमा याकको गोठ बस्ती छ ।त्यहा उनीहरुको करिव ५ सय भन्दा बढी याक पालेका छन्् ।हिउद लागेपछि त्यहा रहेका याकहरु सेकुङ खर्कमा झारिने याक व्यवसायी गौतम शेरचनको भनाई छ ।त्यसो त ,धौलागिरी याक पालक व्यवसायीले रगत बिक्री गर्न वर्षेनी बैशाख महिनामा उच्चलेंकका याकहरु बोक्सीखोलामा झार्ने उनले बताए । यसका अलावा चौरीको दुधबाट बन्ने परिकार र मासुका लागि बिक्री हुने शेरचनले जनाए ।


थासाङ १ टुकुचेमा ३ घरधुरीले याक पालन व्यवसाय गर्दै आइैरहेका छन्् । याकनाग व्यवासायीको रुपमा उनीहरुले करिव करिव १ सय ५० जति याक पालेका हुन्् । वर्षायामको घमिलो समयमा याकको व्यवस्थापन गर्न ४५ सय मिटर अग्लो उचाईको बतासे लेकको खुल्ला चरनक्षेत्रमा गोठ बस्ती खडा गरेका छन्् ।

उच्चलेंकमा पर्याप्त चरनक्षेत्र ,वातावरण अनुकुलित र यार्सा गुम्बा,जटामसी,पाच औले लगायतका बन्य बनस्पती याकको उपयूक्त आहार उच्चलेंकमा भएकाले यसको सन्तुलित बासस्थान बनाईएको याक व्यवसायी नगेन्द्र क्षेत्री बताउछन्् ।यही लेकमा वर्षेनी श्रावण महिनामा चौरी र याकको आलो रगत निकालिने उनले जनाए ।रोग निको हुने विश्वाससहित जिल्लाबाहिरका बिरामी बतासे लेक पुग्ने क्षेत्रीले जनाए ।


जाडो छल्न र हिम पहिरोबाट जोगिन सुरक्षित बासस्थानका लागि त्यहा रहेका याक तथा चौरीहरु बेशी झारिने गरेको क्षेत्रीले सुनाए । वर्षको ९ महिना उच्चलेंकमै राख्छौ,त्यसपछि हिउद ३ महिना बेशी झार्ने उनले जानकारी दिए।


तर,जिल्लाको घरपझोङ गाउपालिका ४ का याक पालक व्यवसायी भूपेन्द्र शेरचनले आफ््नो लेंकमा हिमपहिरो जाने जोखिम नरहेको दावी गरे ।यहा उनीसहित बीरबहादुर पुन र पेम्बा गुरुङको २ सय जति चौरी र याक छन्् ।उनीहरुले पनि हिउदका ९ महिना नमखुलेंकमै याक पाल्छन्् ।बाँकी हिउदको ३ महिना भने म्हुस लेकमानै ल्याउने गरेका छन्् ।याक पालक व्यवसायी शेरचनका अनुसार हिउदयाममा उच्चलेंकमा पानी जम्दा याकलाई पिउने पानी र याक हेर्ने गाठालोलाई समस्या हुने उल्लेख गरे ।

‘याक हिमालमै पालन गरिने जनावर हो,तर हिउकै कारण दुब्लाउने भएकाले बेशीमा झार्ने गछौं,’शेरचनले भने,‘याकलाई न्यानो र पारिलो स्थानमा ल्याउछौं,जाडो थेग्ने अण्डा,जाईफल,भेली,भीरमह ,रक्सी आदी तातो खानेकुरा खुवाउछौं ।’


मुस्ताङमा जस्तै याक तथा चौरी पालन व्यवसाय छिमेकी जिल्ला मनाङ र डोल्पामा हुने गर्छ ।बिशेष गरी डोल्पाका छार्का,डाडागाउ लगायत आधादर्जन गाउका स्थानीयले याक पालनलाई मुख्य व्यवसायको रुपमा अपनाएको पाईन्छ ।याकको मुख्य बासस्थान हिमालको फेद भएपनि जाडो सिजनमा ३ जिल्लाका याक व्यवसायीले सहजता र याकको संरक्षणका लागि बस्ती नजिक ल्याई पु¥याउछन्् ।यसरी ल्याईएका याक तथा चौरी फागुन महिनामा साविककै चरनक्षेत्रमा लगिन्छ ।

डोल्पाका स्थानीयवासीको अर्को व्यवसाय याक संगै यार्सा संकलन गर्नु हो ।यसरी याक पालन व्यवसाय र यार्सा बेचेर वषैदिनको गुजारा चलाउने गरेको डोल्पा छार्काका याक पालक व्यवसायी ग्याल्जेन गुरुङले बताए ।मनाङका उच्चलेकमा बस्ने स्थानीयले पनि याक पाल्ने गरेको पाईन्छ ।उनले याक हुर्काउन १५ वर्ष लाग्ने जानकारी दिए ।


मुस्ताङका लागि याकको आयात डोल्पातीरैबाट हुन्छ ।हिउदयाममा याक बिक्री गर्न डोल्पाका याक पालक व्यापारी जोमसोम आउने जोमसोमका स्थानीय लेकबहादुर गुरुङले बताए ।उनका अनुसार डोल्पाबाट ल्याईएका याक जोमसोममा १ लाख मूल्य पर्ने जनाए ।