शुक्लागण्डकी महोत्सवको गजलमा खतिवडा प्रथम


प्रथम शुक्लागण्डकी महोत्सवमा शनिबार आयोजित खुला गजल प्रतियोगितामा गणेश खतिवडा प्रथम भएका छन् ।


तनहुँ उद्योग वाणिज्य संघ दुलेगौँडा बजार इकाइको आयोजनामा समावेश गरिएको सो प्रतियोगितामा श्रीराम अधिकारी द्वितीय, तारानाथ पराजुली तृतीय र हिमा पोखरेल सान्त्वना भए ।

प्रतियोगितामा प्रथम, द्वितीय,तृतीय र सान्त्वना हुनेले क्रमशः १० हजार, ७ हजार, ५ हजार र ३ हजार नगदका साथमा प्रमाणपत्र प्राप्त गरे ।


कार्यक्रममा ३ दर्जन बढी गजलबाट उत्कृष्ट १० गजल छनोट गरी वाचन गरिएको थियो ।

प्रतियोगितामा प्रथम, द्वितीय,तृतीय र सान्त्वना हुनेले क्रमशः १० हजार, ७ हजार, ५ हजार र ३ हजार नगदका साथमा प्रमाणपत्र प्राप्त गरे ।

सो अवसरमा प्राज्ञ डा. देवी नेपालले समाज र जीवनसँग प्रत्यक्ष सरोकार राख्ने साहित्यलाई महोत्सवमा स्थान दिनु न्यायोचित भएको बताए ।

महोत्सवलाई साहित्य प्रेमीकोे जमघट बढाउन प्रतियोगिताले सहयोग पुर्‍याएको संयोजक आनन्द सुन्दर श्रेष्ठले बताए । शुक्लागण्डकी धार्मिक, सांस्कृतिक सँगै साहित्यिक पर्यटनमा पनि अघि छ, उनले भने, ‘प्रतियोगिताले सकारात्मक सन्देश दिएको छ ।’

महोत्सवमा शनिबार दर्शकलाई हेलिकोप्टरबाट दृश्यवालोकन गर्ने व्यवस्था मिलाइएको थियो । प्रभु एयरको हेलिकोप्टरबाट ५१ जनाले दृश्वालोकन गरेको प्रवक्ता हरि खड्काले बताए ।