नेपाल लेखापढी कानून व्यवसायी एशोसिएसन कास्की अध्यक्षमा खडानन्द लामिछाने सर्वसम्मत् भएका छन् । एशोसिएसनको शनिबार सम्पन्न सातौं अधिवेशनले लामिछानेको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
एशोसिएनकै इतिहासमा पहिलो पटक सर्वसम्मत कार्यसमिति चयन भएको निवर्तमान अध्यक्ष अम्बरबहादुर कार्की (अनिल) ले जानकारी दिए । ३ वर्षे कार्यकालका लागि उपाध्यक्ष विष्णुबहादुर थापा, सचिव जयलालअधिकारी, कोषाध्यक्ष ऋषिराम आचार्य, सहसचिव महेश्वर सुवेदी र सहकोषाध्यक्ष लक्ष्मी सुवेदी चयन भए ।
सदस्यमा दानबहादुर गुरुङ, शर्मिला थापा गुरुङ, पूर्णबहादुर पोखरेल, नीराजन अधिकारी, खगेन्द्र गिरी, कृष्णप्रसाद सुवेदी (पण्डित) र राजकुमार अधिकारी छन् ।
ठाकुरप्रसादअधिकारी संयोजक रहेको निर्वाचन समिति सदस्यमा गंगाराम तिमिल्सिना र शिवराज पौडेल थिए ।
निर्वाचन समितिले शनिबार नै नयाँ कार्यसमितिलाई पदस्थापन गराउँदै शपथसहित प्रमाणपत्र प्रदान गरेको थियो ।