टिपरको ठक्करबाट चिया बेच्ने श्रीमानको मृत्यु , श्रीमती घाईते

बालाजुमा टिपरको ठक्करबाट एक जनाको ज्यान गएको छ ।

आज बिहान ६ बजेतिर मुड्खुभञ्ज्याङबाट एयरपोर्टतर्फ माटो बोकेर जाँदै गरेको ना७ख ७००५ नंको टिपरले ठक्कर दिँदा ५८ वर्षीय दलबहादुर विसङ्खेको बाइपासमा ज्यान गएको प्रहरीले जनाएको छ ।

महानगरीय ट्राफिक प्रहरी वृत्त नयाँ बसपार्कका प्रमुख जे जङ्ग कार्कीले माटो बोकेर हिँडेको टिपर भित्तामा पल्टिँदा चिया बेच्ने विसङ्खे र उनका श्रीमतीलाई थिचेर घाइते भएकामा त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा विसङ्खेको उपचारका क्रममा ज्यान गएको हो ।

घाईतेको पनि उपचार भईरहेको छ ।भने टिपर चालकलाई प्रहरीले नियन्त्रण गरेको छ ।