समाचार

“कन्डम होइन, सेक्स टोय बाँड”

 मिस पूर्वाञ्चलको नवौं संस्करण चलिरहेको छ । पुष १४ गते ग्राण्ड फाइलनमा सहभागी हुनुपूर्व आफ्ना प्रतिभाहरू देखाइरहेका छन् । यस क्रममा शनिबार मिस पूर्वाञ्चलका १४ सुन्दरीले ‘पेप्सी मिस ट्यालेन्ट’ मा बलात्कारप्रति तीव्र आक्रोस पोखे । सरकारलाई उनीहरूले ‘कण्डम होइन, सेक्स टोय’ वितरण गर्नका लागि सुझाव दिए । १४ सुन्दरी स्पर्धीमध्येकी एक रुसाली केसीले सरकार यहा एचआइभी बढिरहेको छैन, यहा बलात्कार बढिरहेको छ, त्यसैले कण्डम हैन यहा सेक्स टोय वितरण गर्… पुरा पढौ

सुनामीमा मृत्यु हुनेको संख्या १६८ पुग्याे

इण्डोनेसियामा आएको सुनामीमा परी मृत्यु हुनेको संख्या १६८ जना पुगेको छ । शनिबार राति ज्वालामुखी बिस्फोटपछि पानी मुनी पहिरो जाने क्रममा आएको सुनामीले इण्डोनेसियाको दुई आइल्याण्ड टापु सुमात्रा र जाभा क्षेत्र प्रभावित बनेको छ । जसमा ज्यान गुमाउनेको संख्या १६८ पुगेको छ । कम्तिमा ७५० जना घाइते भएको जनाइएको छ । अहिले प्रभावित क्षेत्रमा उद्धारका लागि १० भन्दा बढी एम्बुलेन्स लगायतका बाहान तैनाथ राखिएका छन् । शनिबार राति आएको ज्वालामुखी… पुरा पढौ

पत्रकारिता सम्बन्धी तिन दिने तालिम

युवा पत्रकार सन्जाल गण्डकीले आयोजना गरेको आधारभुत पत्रकारिता सम्बन्धी तिन दिने तालिम आइतबार सम्पन्न भएको छ । उक्त्त कार्यक्रम युवा पुस्तालाई जोड दिदै व्यक्तिको सिप, क्षमता र दक्षतामा अभिवृदि गरि सुचना तथा सञ्चार जनता सम्म पुर्‍याउनका लागि के कस्ता आधारभुत ज्ञान हुनुपर्छ । यसलाई कसरी व्यवहारि बनाउन सकिन्छ भन्ने कुरालाई जोड दिदैं उक्त्र तालिम राखिएको थियो । उक्त्त समापन कार्यक्रममा विभिन्न संघ संस्थामा कार्यरत वरिष्ठ पत्रकारहरुको गरिमामय उपस्थिति रहेको थियो… पुरा पढौ

मनाङको तापक्रम – १४ डिग्री

मनाङको तपक्रम –१४ डिग्री सेल्सियसमा झरेको छ । चिसोले झरना, खोलाको पानी जमेको छ भने खानपानी जोहो गर्न पनि मुस्किल छ । राति माइनस १४ डिग्रीसम्म तापक्रम पुगेको प्रमुख जिल्ला अधिकारी रुद्रनाथ देवकोटाले बताए । चिसोका कारण जनजीवन पूर्ण रुपमा प्रभावित भएको छ । अधिकांश कर्मचारी बिदा मिलाएर हिडेका छन् भने स्थानीय पनि बेसीतिर झरेका छन् । पुरा पढौ

बिपी संग्रहालयमा किसुनजीको सालिक

बन्दीगृह बिपी सङ्ग्रहालयमा परिणत भएपछि हालसम्म ६ जना नेताको सालिक अनावरण गरिएको छ । बिपी, गणेशमान र किसुनजीको पूर्णकद, नेता रामनारायण मिश्र, दिवानसिंह राई र योगेन्द्रमान शेरचनको अर्धकदको सालिक अनावरण भएको हो । किसुनजीको ९५ औँ जन्मजयन्तीका अवसरमा शनिबार सङ्ग्रहालय समितिले आयोजना गरेको कार्यक्रममा नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले भट्टराईको सालिक अनावरण गर्दै पार्टीलाई पहिलेकै अवस्था पु¥याउने प्रतिबद्धता गरे । “बिपीलगायत नेतालाई १० वर्षभन्दा बढी समय थुनिएको स्थानमा आएर बोलेका… पुरा पढौ

२ जनालाई भालुले चिथो¥यो

भालुको आक्रमणमा परी दुई जना घाइते भएका छन् । घाइते हुनेमा बाजुराको खप्तड छेडेदह गाउँपालिका २ का ४० वर्षीय बमबहादुर धामी र सोही गाउँपालिका–३ की १८ वर्षीया शान्ति बुढा रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब निरीक्षक लोकेन्द्रसिंह गुरुङले जानकारी दिए । शुक्रबार दिउँसो गाउँ नजिकैको जंगलमा दाउराघाँस गर्न गएका बेला घाइते दुवै जनालाई दुई भालुले आक्रमण गरेको बताएका छन् । आक्रमणमा घाइते भएका बमबहादुर र शान्तिले आफु बाँच्नको लागि… पुरा पढौ

दलदलमा खसेर गैंडाको म¥यो

दलदलमा खसेर शुक्रबार १ गैँडा मरेको छ । भरतपुर महानगरपालिका–२४ चियानडाँडादेखि ३ सय मिटर गोलाघाटतर्फ सो गैँडा मरेको हो । स्थानीय ६२ वर्षीय रहर सिंह घलेलाई लखट्ने क्रममा घले र गैँडा दुवै दलदलमा खसेका थिए । करीब १५ मिटर अग्लो डिलबाट खसेका गैँडा र घले दुवै घाइते भएका थिए । इलाका प्रहरी कार्यालय गीतानगरका अनुसार घाइते घलेको भरतपुरस्थित एलाइभ हस्पिटल एण्ड ट्रमा सेन्टरमा उपचार भइरहेको छ । डिलबाट खसेर दलदलमा… पुरा पढौ

पीडित मरे पनि न्याय मर्दैन…

काठमाडौं सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्लले अपराधी मरे पनि कानून नमर्ने पीडित मरे पनि न्याय नमर्ने बताएकी छन् । महिला, कानून र विकास मञ्चले शुक्रबार ललितपुरमा आयोजना गरेको घरेलु तथा यौन हिंसासम्बन्धी परेका मुद्दाबारे अध्ययन गरी प्रतिवेदन सार्वजनिक कार्यक्रममा न्यायाधीश मल्लले कुनै पनि कुराको पूर्णता तथा पर्याप्तता नहुने तर त्यसबाट अवसरको सिर्जना हुने धारणा प्रस्तुत गरिन् । पीडितलाई न्याय तथा क्षतिपूर्तिमूलक न्यायलय रहेको भन्दै न्यायाधीश मल्लले कुनै पनि काम… पुरा पढौ

‘केही मिडियाले अहिलेको व्यवस्थामाथि आक्रमण गरेका छन्’

१ नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकार प्रेस स्वतन्त्रता प्रति सँधै प्रतिबद्ध रहेको बताएका छन् । विराटनगरमा बिहिबार भएको नेपाल पत्रकार महासंघको राष्ट्रिय सम्मेलनको उद्घाटन शत्रमा मुख्यमन्त्री राईले प्रदेश सरकारको प्राथमिकता, नीति कार्यक्रम र बजेटमा पनि प्रेस स्वतन्त्रतालाई सम्मान गरेको बताए ।  उनले संघीयता असफल पार्न केही मिडिया पनि लागिरहेको दाबी गरे । ‘अहिले योजनाबद्ध ढंगले राष्ट्रपतिको सुविधाको विषयलाई लिएर होस् या प्रधानमन्त्री, मुख्यमन्त्रीलाई जोडेर सिलशिला मिलाएर आक्रमण हुने क्रम… पुरा पढौ

फर्निचर तथा फर्निसिङको साधारणसभा पोखरामा

नेपाल फर्निचर तथा फर्निसिङ व्यवसायी महासंघको चौथो साधारणसभा पोखरामा हुने भएको छ । पुस ७ गते विरौटा स्थित पोखरा ग्राण्ड होटलमा साधारण सभा हुने महासंघले जनाएको छ । सभामा देशभरबाट उद्योगी व्यवसायीहरुको सहभागिता रहने आज आयोजित पत्रकार सम्मेलनमा महासंघका महासचिव कविन्द्र जोशीले बताए। ‘पोखरामा हुनेचौथो साधारण सभालाई लिएर हामी अत्यन्तै उत्साहित छौं’, जोशीले भने, ‘यस सभाले विगतमा महासंघबाट भएका कार्यहरुलाई समिक्षा गर्दै आगामी दिनका लागि योजनाहरु तयार पार्नेछ ।’ महासंघका… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं