समाचार

रिमालले नै भट्टराईलाई मन्त्री बन्नबाट रोकेको खुलासा,

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य तथा सांसद योगेश भट्टराई र प्रधानमन्त्री खडग प्रसाद ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालबीच फेरि युद्ध शुरु भएको छ । प्रमुख राजनीतिक सल्लाहकार रिमालले भट्टराई विरुद्ध ओलीलाई कुरा लगाउने गरेको आरोप छ । त्यसपछि उनीहरूबीच विवाद बढन थालेको हो । रिमाललाई ओलीको सचिवालयबाट हटाउन दवाव बढिरहेका बेला भट्टराई र रिमालबीचको विवाद बाहिर आएको छ । तत्कालीन एमालेको भृकुटीमण्डपमा सम्पन्न महाधिवेशनका बेला रिमाल र… पुरा पढौ

‘चिसोले मर्ने भए जनता’यसरी पोखें दुखेसो

‘दशा बितरह हबें, घरदुवार बेगर (दशा भइरहेको छ, घर नभएर,’ शीतलहरमा लगलग काँप्दै गरेका ६५ वर्षीय जुलमा मुसहरले भने, ‘जाड बइढगेलै मुंदा जाडमे लगाबबला कपडा नैहबै (जाडो बढ्यो तर लगाउने कपडा छैन।’ तीन दिन देखि चलेको शीतलहरले सताएको दुःख सुनाउँदै महोत्तरी भंगाहा नगरपालिका-३ का उनले थपे, ‘जाडसँ रातमे निन्द नैलगैय। आइग ताइपक बिहान करैछी (जाडोले राति निद्रा लाग्दैन। आगो तापेर रात कटाउँछु।’ पराले झुपडीमा उनले पुस्तौं बिताएका छन्। सरकारले दुई… पुरा पढौ

उपेन्द्र यादवको पार्टीमा प्रवेश गर्दै !राप्रपाका उपाध्यक्ष :बोहरा

 सत्ताविना बाँच्नै नसक्ने चरित्र भएका राष्ट्रिय प्रजातन्त्र पार्टी(प्रजातान्त्रिक)का उपाध्यक्ष दीपक बोहरा उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरममा प्रवेश गर्न लागेका छन् । फोरमका एक नेताका अनुसार उनले उपेन्द्र यादवसँग धेरै पटक छलफल गरिसकेका छन् । राप्रपाबाट केही नेताहरुसहित फोरममा प्रवेश गर्नलागेका उनलाई उपाध्यक्षमै मनोनीत गर्ने गरी सहमति भएको उपेन्द्र यादवले पार्टीको बैठकमै ब्रिफिङ गरिसकेको ती नेताले बताएका छन् । राप्रपाका कुन कुन नेता फोरममा आउन लागेका हुन् भन्ने कुरा भने… पुरा पढौ

उपत्यकामा ‘स्मार्ट’ जेब्रा क्रसिङ, अब प्रविधिले नै रोकिने गाडीहरु

 काठमाडौं महानगरपालिकाले स्मार्ट जेब्रा क्रसिङ निर्माणको तयारी गरेको छ ।  अहिले कामपामा करीब १०० स्थानमा परम्परागत जेब्रा क्रसिङ छन् । मानिसको आवागमनको हिसाबले उक्त संख्या अत्यन्तै कम हो भने भएका स्थानमा पनि धेरै नदेखिने अवस्थामा छन् । त्यसैले मानिसको अत्यधिक चाप हुने स्थानमा कामपाले स्मार्ट जेब्रा क्रसिङ निर्माणको तयारी गरेको हो ।  कामपाका प्रवक्ता ईश्वरमान डङ्गोलले भने, ‘यसअघि जे जस्तो निर्माण भएको भए पनि अब निर्माण गर्ने सबै जेब्रा क्रसिङ… पुरा पढौ

आफनै श्रीमानलाई बलत्कार गरेको भन्दै प्रहरीमा उजुरी

मन नमिल्दा श्रीमती पनि आफनो हुदैन भन्ने रौतहटको एक घटनाबाट प्रमाणित भएको छ । आफनै श्रीमतीले श्रीमानले बलत्कार गरेको भन्दै प्रहरीमा उजुरी गरेपछि एक पुरुष अहिले प्रहरीको खोरमा छन । जिल्लाको चन्द्रपुर नगरपालिका वाडं नं. ५ निवासी एक महिलाले आफ्नै श्रीमान बिरुद्धमा बलत्कार गरेको आरोपमा प्रहरीमा उजुरी दर्ता गराएपछि श्रीमान गत पुस १ गते देखी प्रहरीको खोरमा बस्न बाध्य छन । ३३ बर्षिया महिलाले श्रीमान बिरुद्ध बलत्कारको आरोपमा मुद्धा दर्ता… पुरा पढौ

वैशाख १८ देखि तातोपानी नाका सञ्चालनमा आउने

नेपाल चीनबीचको प्रमुख व्यापारिक नाका तातोपानी भन्सार आगामी वैशाख १८ देखि सञ्चालनमा आउने भएको छ । विसं २०७२ को भूकम्पपछि तातोपानी नाका बन्द थियोे । तातोपानी नाका सञ्चालनका लागि यतिबेला सीमा क्षेत्रमा तीव्र गतिमा काम भइरहेको छ । आगामी वैशाखबाट नाका सञ्चालन हुन लागेको चिनियाँ उच्च स्रोतले जानकारी दिएको छ । नाका सञ्चालनका लागि वैशाखको पहिलो सातासम्म पूर्वाधारको काम सकिने चिनियाँ ठेकेदारले बताएको भोटेकोशी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलले जानकारी दिनुभयो… पुरा पढौ

हावाबाटै विजुली उत्पादन

जुम्लाको सिँजा गाउँपालिकामा हावाबाट विजुली निकालिने भएको छ । पाँच करोड ५० लाख रूपैयाँकाे लागतमा ८० किलोवाट विजुली निकाल्न लागिएकाे हाे । वैकल्पिक उर्जा प्रवर्ध्न केन्द्रकाे ९० प्रतिशत अनुदान र सिजा गाउँपालिकाको १० प्रतिशत लगानीमा हावाबाट विजुली उत्पादन गर्न लागिएको वडाध्यक्ष तिलाचन्द्र चौलागाईले बताए । उनले भने, ‘सिजा गाउँपालिकामा भइरहेको उर्जा संकटलाई न्यूनिकरण गर्नका लागि हावा र सौर्य दुवै तरिकाले विजुली उत्पादन गरी घर घरमा सेवा प्रवाह गर्ने गाउँपालिकाको योजना… पुरा पढौ

‘लिलिबिली’ का निर्माता शाही बर्खास्त

लिलिबिली फिल्मका निर्माता एवं बितरक गोविन्द शाहीलाई चलचित्र निर्माता संघले द्धितिय उपाध्यक्ष पदबाट बर्खास्त गरेको छ । संघका महासचिव रोज राणाले यस कुराको पुष्टी गर्दे उनलाई पदबाट बर्खास्त गरिएको बताए । शाहीले संघको विधि र विधान विपरित काम गरेको आरोप लगाईएको छ । केही समयदेखि कुटपिट लगायतका बिवादमा पनि पर्दे आएका शाही नियमित बैठकमा तीन पटक उपस्थित नभए विधानअनुसार बर्खास्त गरिएको हो । शाहको बर्खास्तीको बारेमा राणा भन्छन् “उहाँ संघको… पुरा पढौ

दश गजा नै मिचेर भारतीय बस्ती

झापाको गौरिगञ्ज दक्षिण सीमाक्षेत्र फत्तेपुर स्थित दशगजा क्षेत्रमा वर्षौदेखि भारतीय नागरिकले घर निर्माण गरेर बस्ती बसाले पनि नेपाल सरकारले हटाउन सकेको छैन । भारतको बिहार राज्यको किसनगञ्ज पञ्चायतको फत्तेपुरमा भारतीय नागरिकले दश गजा क्षेत्रमा ६० भन्दा बढी घर निर्माण गरी बसोबास गर्दै आएका छन् । दुई देशको सीमा क्षेत्रमा कम्तिमा दश मिटर क्षेत्र दुवै देशले उपभोग गर्न तथा भौतिक संरचना बनाउन नपाइने अन्तर्राष्ट्रिय नियम रहेको भए पनि नेपालको तर्फबाट सीमा… पुरा पढौ

उधौली अर्थात न्वागी पूजा धुमधामका साथ मनाउने तयारी

प्रकृति पूजक लिम्बू समुदायको महान चाड चासोक–तङ्नाम पौष ७ गतेदेखि धरानमा हुने भएको छ ।पौष १० गतेसम्म मनाइने उधौली अर्थात न्वागी पूजा धुमधामका साथ मनाउने तयारी गरेको हो । खेतीमा पाकेको अन्नबालीको बीउविजन सप्रियोस् भन्दै प्रकृति देवीलाई आर्शिवाद माग्न यक्वा पूजा गरिने चलन छ । मानवले खानुपूर्व प्रकृतिलाई चढाएर मात्रै खाने हुनाले यही पर्वलाई न्वागी पूजाको रूपमा रहेको छ । तङ्नामको अवसरमा लिम्बू समुदायको मौलिक खानाहरू चाम्रे, याङबेन, झ्याउ, फिलिङ्गे… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं