सडेकोअवस्थामा बच्चाको शव भेटियो

धरान उपमहानगरपालिका–५ स्थित सेउती खोलामा बनेको नयाँ पक्की पुलमुनि सडेको अवस्थामा बच्चाको शव फेला परेको छ ।

बर्कोले बेरेर फालेको अवस्थामा भेटिएको बच्चाको शव निकै अगाडी फालिएको सडेको अवस्थामा रहेको प्रहरीले जनाएको छ । 


शवलाई प्रहरी, चौकी पानवारी, वडाका जनप्रतिनिधि र बाँझगार सामुदायिक वन उपभोक्ता समुहका पदाधिकारीको उपस्थितिमा मुचुल्का उठाएर सोही ठाउँमा गाडिएको छ ।


इलाका प्रहरी कार्यालय धरानका डिएसपी सुमन तिम्सिनाले बच्चा निकै लामो समयदेखिको भएकाले पहिचान नखुलेको जंगली जनावरले उधिनेर निकालेको जस्तो देखिएको बताएका छन् । गाडेको अवस्थामा जनवारले उधिनेको हुन सक्ने उनले बताए ।