आफ्नै आमाले विष खुवाएपछि कान्छो छोराको मृत्यु , जेठोको अवस्था गम्भीर !

धनुषामा एक महिलाले दुई छोराहरुलाई विष खुवाई आफूले पनि विष सेवन गरेकी छिन् ।

धनुषाको लक्ष्मीनियाँ गाउँपालिका(१, सोनमाई खजुरी टोल बस्ने रविन्द्र यादवकी श्रीमती २४ वर्षकी रिना देवी यादवले आफ्ना दुई छोरालाई विष खुवाई आफूले पनि विष सेवन गरेकी हुन् ।

घरायसी विवादको कारण महिलाले दुई छोराहरुलाई विष खुवाई आफूले पनि विष सेवन गरेको बुझिएको छ ।

विष खुवाएका कारण कान्छो छोरा ३ वर्षका रितेशको ज्यान गएको छ भने जेठो छोरा ५ वर्षका रितिक र आमा रिना गम्भीर घाइते भएका छन् ।

दुवैको जनकपुर अञ्चल अस्पतालमा उपचार भईरहेको छ।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार परिवारका अन्य सदस्यसँगको सामान्य विवादपछि रिना देवीले आफ्ना दुई छोरा रितिक र रितेशलाई विष खुवाएर आफूले समेत विष सेवन गरेको बताइएको छ ।

आमाले जबर्जस्ती विष खुवाएका कारण कान्छो छोरा सिकिस्त भएका थिए भने जेठो छोरा रितिक विष सेवनको कारण सडकमा लडबडाई हिँडिरहेको अवस्थामा स्थानीय बासिन्दाहरुले देखेका थिए ।