अध्यक्षविरुद्ध फेसबुकमा नराम्रो स्टाटस लेख्दा प्रक्राउ

  अर्घाखाँचीमा सामाजिक सञ्जालमाफर्त वडा अध्यक्षको चरित्रहत्या गरेको आरोपमा एक युवक प्रक्राउ परेका छन् ।

प्रक्राउ पर्ने युवकको नाम सचिन पाण्डे रहेको छ । फेसबुकमा सन्धिखर्क नगरपालिका वडा नम्वर ११ का अध्यक्ष धुर्ब आचार्यलाई चरित्र हत्या गरि हत्यारा संरक्षण गरेको आरोप लगाई स्टाटस राखेको आरोपमा उनी प्रक्राउ परेका हुन् ।

वडा अध्यक्षले कुटपिटको घटनामा मिलापत्र गराएको र अपराधी संरक्षण गरेको भनेर स्टाटस पोष्ट गरेको आरोपमा उनी पक्राउ परेका हुन् ।

सामाजिक संजालमा मन लाग्दो लेखेर चरित्र हत्या गरेकाले जिल्ला प्रहरीमा उजुरी दिएको वडा अध्यक्ष आचार्यले बताए । प्रक्राउ परेका पाण्डे बिरुद्ध सार्वजनिक अपराध अन्तर्गत मुद्दा दर्ता गरी कानुनी प्रक्रिया अगाडी बढाएको प्रहरीले जनाएको छ ।