भारतीय सेनामा कार्यरत २ नेपालीको पाकिस्तानी सेनाको आक्रमणमा ज्यान गएको छ । सुवेदार पदमा कार्यरत रुपन्देहीको तिलोत्तमा ९, तुलसीपुरका सुवेदारद्वय गमरबहादुर थापा र रमन थापाको भारतको कुपवाडा जिल्लामा मृत्यु भएको हो ।
शुक्रबार पाकिस्तानको स्नाइपर आक्रमणमा परेका उनीहरुलाई श्रीनगरस्थित ९२ बेस अस्पतालमा लैजाने मृत्यु भएको जनाइएको छ ।
४२ वर्षीय गमरबहादुर सन् १९९३ मा २÷८ गोर्खा राइफल्समा भर्ती भएका थिए । उनका पत्नी र २ छोरा छन् ।
३९ वर्षीय रमन सन् १९९६ मा भर्ती भएका थिए । रमनका सात वर्षीय एक छोरा छन् ।