पूर्व सभापति शिव कुमारको निधन

जिल्ला विकास समिति स्याङ्जाका पहिलो सभापति शिव कुमार अधिकारीको निधन भएको छ ।

२०४९ सालमा स्याङ्जा जिल्लाको पहिलो जिविस सभापति भएका अधिकारी ब्रेन ट्युमरबाट ग्रसित थिए । प्रजातन्त्र सेनानी अधिकारीको मङ्गलबार काठँमाडौँमा ७८ वर्षको उमेरमा निधन भएको हो ।

२०१७ सालदेखि नेपाली राजनीतिमा सक्रिय रहेका अधिकारी पटक–पटक पक्राउ परी जेल जीवन बिताएका थिए ।

नेता अधिकारी नेपाली काङ्ग्रेसको महासमिति, महाधिवेशन प्रतिनिधि तथा काङ्ग्रेस स्याङ्जाको सचिव भएर राजनीतिमा क्रियाशिल थिए । स्व अधिकारीको स्याङ्जा र पाल्पाको सङ्गमस्थलमा रामनदीधामस्थित राम्दीमा अन्त्येष्टि गरिँदै छ ।