माघ २ देखि फिक्कल महोत्सव


खाङ्साङमा स्थानीय उत्पादन, कला, संस्कृति र पर्यटन प्रवर्द्धनको उद्देश्य सहित फिक्कल महोत्सव २०७५ आयोजना गरिएको छ ।

बुधबार आयोजित पत्रकार सम्मेलनमा सो जानकारी दिइएको हो । माघ २ गतेदेखि ७ गतेसम्म मध्यपहाडी लोकमार्ग नजिकै महोत्सव गरिने सञ्चालन गरिने जानकारी गरिएको छ ।

महोत्सव कहाँ गर्ने भन्ने विषयमा जनप्रतिनिधिबीच विवाद रहेको थियो । फिक्कल गाउँपालिका द्वारा आयोजित महोत्सव फिक्कल टाकुरामा नै गर्नुपर्ने केही जनप्रतिनिधिको माग रहेको थियो । फिक्कल गाउँपालिकाको प्रमुख पर्यटकीय गन्तव्यको रुपमा समुद्री सतहबाट २३६८ मिटर उचाइमा रहेको फिक्कल टाकुरा रहेको छ ।

यो टाकुरो सुविधा सम्पन्न टावर समेत बन्ने क्रममा छ । फिक्कल टाकुरामा नै वा चनौटेमा महोत्सव गरिनुपर्ने माग स्थानीयवासी तथा केही जनप्रतिनिधिको रहेको थियो । यद्यपि, पर्यटकको सुविधा र व्यवस्थापनका हिसावले राजमार्ग नजिकै महोत्सव प्रभावकारी बन्ने निचोडमा गाउँपालिकाका पदाधिकारी पुगेका हुन् ।

समृद्ध सिन्धुली अभियान द्वारा गरिएको नमोबुद्ध सिन्धुलीगढी फिक्कल पदयात्रा ग्रेट महाभारत ट्रेल फिक्कलमा पुगेर समापन भएको थियो ।


उपाध्यक्ष सुनुवारका अनुसार, महोत्सवमा स्थानीय उत्पादन, बाँसका सामग्री, अल्लोका कपडाको प्रदर्शनी तथा विक्री, कृषि उत्पादनको प्रदर्शनी प्रमुख आकर्षणको रुपमा रहने बताएका छन् । महोत्सवमा प्याराग्लाइडिङ र र्या्फ्टिङ समेत गराइने जनाइएको छ ।


महोत्सवमा ५२ लाख रुपियाँ खर्च अनुमान गरिएको छ । उपाध्यक्ष सुनुवारले भने–“गाउँपालिकाले आयोजना गरेको यो महोत्सव नाफाको लागि होइन । स्थानीय उत्पादन र पर्यटकीय स्थलको प्रवद्र्धन गरी ग्रामीण किसानको आय आर्जनमा टेवा पुर्याउनु महोत्सवको लक्ष्य हो ।

स्थानीय कला र संस्कृतिको संरक्षण र प्रवर्द्धनमा लगानी गर्नैपर्छ भन्ने धारणाका साथ यो महोत्सवको आयोजना सुनुवारले बताए । महोत्सवमा आन्तरिक तथा बाह्य पर्यटक गरि एक लाख पर्यटक भित्र्याउने लक्ष्य गाउँपालिकाको रहेको छ ।