विद्यार्थीलाई बाबा फाउन्डेसनको न्यानो कपडा

बाबा फाउण्डेशन नेपाल, रोटरी क्लब अफ पोखरा न्यूरोड र इनरह्वील क्लब पोखरा न्यूरोडले भीमाद नगरपालिका २ टेव्र भञ्याङस्थित बाल विकास माध्यमिक विद्यालयमा स्वीटर र शैक्षिक सामग्री वितरण गरेको छ ।

फाउन्डेशनका सचिव टंकराज अधिकारी, रोटरी क्लब अफ पोखरा न्यूरोडका अध्यक्ष पुष्पकमल पौडेल इनरह्वील क्लब पोखरा न्यूरोडका अध्यक्ष लक्ष्मी अधिकारी लगायतले विद्यालयमा अध्ययनरत १ सय ७५ जना छात्रछात्रालाई खेलकुद सामग्री, कापी, कलम र स्विटर वितरण गरेका हुन् ।

कार्यक्रममा विद्यालयको माग अनुसार शिशु कक्षा देखि ९ कक्षासम्म अध्ययनरत विद्यार्थीलाई कापी कलम र विभिन्न कक्षामा अध्ययनरत ४६ जना विद्यार्थीलाई स्वीटर वितरण गरिएको बाबा फाउन्डेसन नेपालका सचिव अधिकारीले जानकारी दिए ।

रोटरी क्लब अफ पोखरा न्यूरोडका अध्यक्ष पुष्पकमल पौडेलले मानवीय सेवाका कार्य अन्तर्गत न्यानो कपडा, शैक्षिक सामग्री वितरण गरिएको बताए ।

कार्यक्रममा विद्यालय प्रअ रामजी सिग्देलले विद्यालय व्यवस्थापन समिति अध्यक्ष, रोटरी क्लब अफ पोखरा न्यूरोडका सचिव रामविक्रम अधिकारी, इनरह्वील क्लब पोखरा न्यूरोडका अध्यक्ष लक्ष्मी अधिकारी, पूर्व अध्यक्ष गंगाकुमारी पौडेल विद्यालय बाल क्लबका अध्यक्ष साधना थापा लगायतले बोलेका थिए ।