खर काट्न जाँदा बाघको आक्रमण

कञ्चनपुर जिल्लाको महाकाली नगरपालिका ४ की १९ वर्षीय अमृता सिंह ठकुरी बाघको आक्रमणबाट घाइते भएकी छन् ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा खर काट्न गएकी अमृतालाई मंगलबार साँझ बाघले आक्रमण गर्दा गरेको इलाका प्रहरी कार्यालय दोधाराका प्रहरी निरीक्षक चेतराम पनेरुले बताए । एक्कासि आएर बाघले झम्टिँदा अमृताको कम्मर, हात, खुट्टामा चोट लागेको छ ।

प्राथमिक स्वास्थ्य केन्द्र दोधारामा प्राथमिक उपचारपश्चात् उनलाई थप उपचारका लागि कैलालीको धनगढी लगिएको छ ।