सभामुख र अध्यक्षले तोकिए भन्दा बढि गाडी प्रयोग

संघीय संसद्को प्रतिनिधिसभाका सभामुख र राष्ट्रिय सभाका अध्यक्ष सहितका पदाधिकारीले तोकिए भन्दा बढी सवारीसाधन प्रयोग गरेका छन् ।

सभामुख कृष्णबहादुर महरा र अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले ४–४ वटा गाडी प्रयोग गरिरहेका छन् । त्यसै गरी उपसभामुख शिवमाया तुम्बाहाम्फे र महासचिव मनोहरप्रसाद भट्टराईले २–२ वटा गाडी प्रयोग गरेका छन् ।

संघीय संसद्का पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको ऐनको दफा ७ मा संसद्का पदाधिकारीले एउटा मात्रै सवारी प्रयोग गर्न पाउने व्यवस्था गरिएको छ ।